कमल कोपिला ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को तेस्रो पालिका सम्मेलन नरहरिनाथ गाउँपालिकामा भव्य रूपमा सम्पन्न भएको छ।

सम्मेलनको अध्यक्षता वाईसीएलका युवा नेता बिरेन्द्र बोगटीले गर्नुभएको थियो भने प्रमुख आतिथ्य माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य अग्र बहादुर बिस्ट ‘सुनिल’ रहनुभएको थियो। कार्यक्रममा पार्टी प्रदेश सदस्य मनशोभा बुढा ‘आशा’, प्रदेश कमिटी वैकल्पिक सदस्य पौराम बिक ‘बिन’, प्रदेश सल्लाहकार सदस्य मकरसिंह दर्जी, पार्टी नेता मान बहादुर बिस्ट, वाईसीएल प्रदेश सदस्य भरत बिस्ट, वाईसीएल जिल्ला अध्यक्ष राज बहादुर थापा, कोषाध्यक्ष मन्जु बुढा, वडा नं. ३ का अध्यक्ष कटक बहादुर बुढा लगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ता, जनवर्गीय संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वाईसीएल जिल्ला अध्यक्ष राज बहादुर थापाले युवा र वाईसीएललाई काँचो रगतको रुपमा बुझ्ने सोच अब परिवर्तन हुनु पर्ने बताउनुभयो। उहाँले पार्टीको विचार, एजेन्डा र सिद्धान्तप्रति समर्पित रहेर आत्मनिर्भर बन्न वाईसीएल कालिकोटलाई निर्देशन दिनुभयो।

त्यस्तै, पार्टी गाउँ कमिटी अध्यक्ष पौराम बिक बिनले युवा संगठनलाई माओवादी आन्दोलनको अग्रपंक्तिमा उभ्याउँदै “देश बनाउने मुख्य जिम्मेवारी अब युवाको काँधमा छ” भन्ने सन्देश दिनुभयो। पार्टी प्रदेश कमिटी सदस्य मनशोभा बुढा ‘आशा’ले नेपालमा परिवर्तन ल्याउने मुख्य शक्ति युवा भएको स्पष्ट पार्दै माओका विचारलाई नेपाली सन्दर्भमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि अग्र बहादुर बिस्ट ‘सुनिल’ले पार्टीको महत्वाकांक्षी योजनाहरू कार्यान्वयन गर्ने दायित्व वाईसीएलमा रहेको उल्लेख गर्दै सबै युवाहरुलाई एकताबद्ध भई संगठित रूपमा अघि बढ्न अपिल गर्नुभयो।

सम्मेलनको निष्कर्षस्वरूप सर्वसम्मत रूपमा ५१ सदस्यीय वाईसीएल नरहरिनाथ गाउँ कमिटी गठन गरिएको छ। नयाँ नेतृत्वको रूपमा अध्यक्षमा सुरेन्द्र भण्डारा, उपाध्यक्षमा रमेश बिक, महिला उपाध्यक्षमा अम्बिका बुढा, सचिवमा तपेन्द्र बटाला, सह–सचिवमा भरत सहकारी, दिपक बिस्ट, बिरेन्द्र ब सहकारी र मन बहादुर सहकारी चयन हुनु भएको छ।

सम्मेलनले संगठनलाई स्थानीय तहदेखि प्रदेश र केन्द्रीय तहसम्म सहयोग गर्ने संकल्प लिएको छ। युवा नेतृत्वको नयाँ पंक्तिबाट संगठन र पार्टीले ठूला अपेक्षा लिएको भन्दै सबै नेताहरुले नयाँ नेतृत्वलाई बधाई दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS