कमल कोपिला
वैशाख २८, कालिकोट ।
नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्तिमोर्चाको छैठौं जिल्ला भेला कालिकोटको मालकोटमा भव्यताका साथ सम्पन्न भएको छ। दलित समुदायको हक अधिकार सुनिश्चित गर्ने उद्देश्यले आयोजित उक्त भेलामा विभिन्न स्तरका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
syria war
भेलाको अध्यक्षता नेपाल दलित मुक्तिमोर्चा कालिकोटका संयोजक सर्जन कामीले गरेका थिए। प्रमुख अतिथि रूपमा दलित मुक्तिमोर्चाका केन्द्रिय अध्यक्ष तथा पूर्व खेलकुद मन्त्री दल्जित सेर्पाली, विशेष अतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा कालिकोट जिल्ला इञ्चार्ज जीवन बुढा लगायत अतिथिहरूको आतिथ्यतामा भेला सम्पन्न भएको हो।

प्रमुख अतिथि दल्जित सेर्पालीले उद्घाटन सत्रमा सम्बोधन गर्दै दलित समुदायको मुक्ति केवल जातीय पहिचानको नारामा सिमित नरहने स्पष्ट पारेका छन। “दलितको मुक्ति सि-जाति लेखेर आउँदैन। वास्तविक मुक्ति तब आउँछ जब हामी राजनीतिक निर्णयमा सहभागी हुन्छौं, नीति निर्माणमा हस्तक्षेप गर्छौं,” उनले भने। दलित समुदायबीच चेतना फैलाउने र संगठन निर्माणमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याउँदै मोर्चालाई अझ प्रभावकारी बनाउने रणनीतिक योजनाबारे चर्चा गरे समेत गरेका हुन ।

विशेष अतिथि जीवन बुढाले राज्य व्यवस्थामा अझै दलितहरू निर्णायक भूमिकाबाट पर धकेलिएको उल्लेख गर्दै आन्दोलनलाई थप तीव्र बनाउने आवश्यकता औंल्याए। “हाम्रो आन्दोलनको मुख्य लक्ष्य समानता हो। त्यो समानता केवल संविधानमा लेखिएर होइन, व्यवहारमा लागू हुँदा मात्र सम्भव हुन्छ,”उनले जोड दिए।

कर्णाली प्रदेश अध्यक्ष दिनेश चदाराले दलित समुदायको मुक्ति केवल नारा र जातीय पहिचानमा सीमित भएको र जब आफुहरुले राजनीतिक शक्ति प्राप्त गरेमा मात्र मुक्ति तब सम्भव भएको प्रस्ट पारे । उनले विशेषतः युवा पुस्तालाई सशक्त संगठन निर्माणमा जोड दिन आग्रह गर्दै मोर्चाको भूमिकालाई निर्णायक बनाउनु पर्ने बताए।

भेलाबाट कालिकोट जिल्लामा नेपाल दलित मुक्तिमोर्चाको नयाँ समिति गठन गरिएको छ। संयोजकमा सर्जन कामी र सचिवमा नरेन्द्र वि क रहने गरि ६५ सदस्यीय जिल्ला समन्वय समिति गठन भएको छ ।

नयाँ समितिले जिल्लाभर दलित समुदायका मुद्दा उठाउने, जनचेतना विस्तार गर्ने, तथा हरेक स्थानीय तहसम्म संगठन विस्तार गर्ने घोषणा गरेको छ।

अध्यक्ष सर्जन कामीले अबको लडाइँ चेतना र संगठनको भएकाले आफै जाग्न, एक हुन र अधिकारका लागि लड्न अपिल गरेका छन ।

भेलामा केन्द्रिय उपाध्यक्ष रातो कामी, नेकपाका जिल्ला अध्यक्ष डम्मर शाही डिबि, प्रदेश सचिवालय सदस्य तथा कर्णाली मुक्तिमोर्चाका सहसंयोजक खड्गराज सेजुवाल (क. विश्वप्रकाश), प्रदेश सदस्य मनशोभा बुढा (क. आशा), भरत बिक (क. आकाश), करबिरे कामी, हजा सुनार, वैकल्पिक प्रदेश सदस्य पौराम कामी (क. बिन), केन्द्रिय सदस्य देउराम बिक, नेता अखडा सि लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति थियो।

कालिकोटको दलित मुक्तिमोर्चाको छैठौं जिल्ला भेला केवल औपचारिक कार्यक्रम मात्र नभएर संगठन निर्माण, राजनीतिक हस्तक्षेप र जनचेतनाको साझा मञ्च बनेको देखिएको बताईएको छ । यो भेला अब कालिकोटमा दलित आन्दोलनको नयाँ युगको सुरुवातको संकेतका रूपमा लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS