कमल कोपिला
२८ वैशाख कालिकोट । प्रेस सेन्टर नेपाल, जिल्ला समिति कालिकोटले पत्रकारहितका विविध मागसहित ९ बुँदे ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ। प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई जिल्ला अध्यक्ष विरेन्द्र आचार्यको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो।
कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष भरतराज बिष्ट, प्रेस सेन्टरका केन्द्रीय सदस्य रत्न कार्की, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष काली बहादुर मल्ल, प्रेस युनियनका उपाध्यक्ष पुष्पराज भट्टराई लगायतको उपस्थिति रहेको थियो।

ज्ञापनपत्रमा प्रेस स्वतन्त्रता मैत्री कानून निर्माण, विज्ञापन प्रणालीमा समानुपातिक वितरण, पत्रकार स्वास्थ्य तथा जीवन बीमा लगायतका माग समेटिएका छन्। प्रमुख जिल्ला अधिकारी भट्टराईले उठाइएका मागहरूलाई गम्भीरतापूर्वक लिएर आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।