कमल कोपिला
१ जेष्ठ, २०८२ कालिकोट । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नरहरिनाथ गाउँ कमिटीद्वारा आयोजित ३ दिने वैचारिक प्रशिक्षण स्कूलिङ आज सम्पन्न भएको छ। पार्टी संगठन निर्माण, विचारधारात्मक स्पष्टता, सञ्चार , राजनीती, अर्थ र कार्यदिशाप्रति प्रतिबद्धता अभिवृद्धि गर्ने लक्ष्यसहित सम्पन्न भएको प्रशिक्षण स्कूलले पार्टीको नीति, विचार र आन्दोलनको उद्देश्यप्रति सहभागीहरूलाई अझ नजिक पुर्‍याएको छ।

प्रशिक्षणको उद्घाटन सत्र गाउँ कमिटीका अध्यक्ष पौराम विश्वकर्मा ‘क. बिन’ को अध्यक्षता, स्कुलिङ विभाग प्रमुख जनकनाथ योगिको प्रमुख आतिथ्यतामा त्यस्तै पार्टिका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज जीवन बुढाको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो। उद्घाटन सत्रमा मन्तव्यका साथै प्रशिक्षणको उद्देश्य र महत्वमाथि प्रकाश पारिएको थियो।

पहिलो दिन उद्घाटन सत्रपछि सैद्धान्तिक र समसामयिक विषयमा विभिन्न प्रस्तुति गरिएका थिए। खड्गराज सेजुवाल, सैलजा शाही बम, मनशोभा बुढा, दुर्गा काफ्ले स्वर्णिमले पार्टीको नीति, वर्ग संघर्ष, अर्थ, जनजीविका र संघीय राजनीतिका सन्दर्भमा विश्लेषणात्मक कक्षाहरू सञ्चालन गरेका थिए।

दोस्रो दिन पनि प्रशिक्षणलाई थप गहन बनाउँदै सैलजा शाही बम, खड्गराज सेजुवाल र मनशोभा बुढाले विभिन्न पक्षहरूमा विस्तृत चर्चा गरेका थिए। सहभागीहरूलाई समूहगत छलफलमार्फत आफ्ना विचार प्रस्तुत गर्ने अवसर पनि दिइएको थियो, जसले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।

तेस्रो दिन बिरेन्द्र बहादुर बुढाले नेता र नेतृत्व, नेताका प्रकार, असल नेता कसरी बन्ने, मिटिङको प्रक्रिया, प्रभावकारी संचार र यसको संगठन निर्माणमा भुमिकाबारे प्रशिक्षण गरेका थिए भने यसोदा शाही, दुर्गा काफ्ले र अग्र बहादुर बिस्टजस्ता नेताहरूले संगठनात्मक विकासको ईतिहास, वैचारिक प्रतिबद्धता र नयाँ पुस्ताको भूमिका, सुचना सञ्चार र राजनीति माथि गम्भीर प्रशिक्षण दिएका थिए।

कार्यक्रमको संयोजन मण्डलका अनुसार प्रशिक्षण स्कूलमा वैचारिक, संगठनात्मक र व्यवहारिक पक्षलाई जोड दिइएको थियो। सहभागीहरूलाई कार्यशैली, पार्टी नेतृत्वप्रति अनुशासन र पार्टी कार्यमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरिएको थियो।

प्रशिक्षण कार्यक्रमको समापन शत्रमा नरहरिनाथ गाउँ कमिटीले, हालै नेकपा माओवादी केन्द्रमा समाहित हुनुभएका नेता तथा नेकपा मालेका संस्थापक नेता, कम्युनिस्ट विचारधाराका ज्ञाता बिरेन्द्र बहादुर बुढालाई भव्य सम्मान गरेको थियो। उहाँको विगतको योगदान र वर्तमान प्रतिबद्धतालाई उच्च मूल्यांकन गर्दै पार्टी पंक्तिले स्वागत गरेको हो।

सो प्रशिक्षण स्कूलले पार्टी कार्यकर्ताबीच वैचारिक स्पष्टता ल्याउनुका साथै वर्ग संघर्ष, जनअधिकार र सामाजिक परिवर्तनप्रति बलियो संकल्पको भावना विकास गरेको छ। पार्टी नेतृत्वले प्रशिक्षण स्कूलको निरन्तरता र क्षेत्रीय तहसम्म विस्तार गर्न प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS