कमल कोपिला
११ जेठ २०८२, कालिकोट । नेकपा माओवादी केन्द्र नरहरिनाथ गाउँपालिकाको तेस्रो गाउँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशन गाउँ कमिटी अध्यक्ष पौराम बिकको अध्यक्षतामा सुरु भएको थियो । अधिवेशनको उद्घाटन समारोहमा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज जीवन बुढा प्रमुख अतिथि रहनु भएको थियो।

कार्यक्रममा कर्णाली प्रदेशका पार्टी सचिव धनजित शाही, जिल्ला संयोजक डम्मर शाही त्यस्तै, जगत बहादुर शाही विशेष अतिथिका रूपमा सहभागी रहनुभएको थियो भने प्रदेश कमिटी सचिवालय सदस्य अग्र बहादुर बिष्ट, प्रदेश सदस्य बिरेन्द्र बुढा, मनशोभा बुढा, कमल कुमार शाह र वैकल्पिक प्रदेश सदस्य नमराज उपाध्याय लगायत नेताहरूको पनि बाक्लो आतिथ्यता रहेको थियो।

“सुशासन र समृद्ध पालिकाको संकल्प, हाम्रो अभियान, सुदृढ गतिशील संगठन निर्माणका लागि हाम्रो तेस्रो गाउँ अधिवेशन” भन्ने मूल नाराका साथ आयोजित अधिवेशनमा सहिद परिवार, अपांग, घाइते र स्थानीय जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो।

अधिवेशनमा बोल्दै पार्टी प्रदेश कमिटी सदस्य तथा सामाजिक अभियान्ता बिरेन्द्र बुढाले नरहरिनाथलाई जनयुद्धको भट्टीको रूपमा स्मरण गर्दै सशक्त नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। केन्द्रीय सदस्य जीवन बुढाले माओवादी आन्दोलनले दिलाएका उपलब्धिहरूलाई संरक्षण गर्दै आगामी २०८४ सालको निर्वाचनमा स्वस्थ प्रतिस्पर्धामार्फत सफलता हासिल गर्नुपर्नेमा जोड दिनुभयो।

प्रदेश नेता धनजित शाहीले माओवादी शक्तिहरूबीच एकता अपरिहार्य रहेको र समावेशी सुशासनमा आधारित राजनीति आवश्यक भएको बताउनुभयो। अधिवेशनमा सहभागी नेताहरूले भ्रस्टाचार अन्त्य, अस्वाभाविक सम्पत्तिको राष्ट्रियकरण, संघीयता सुदृढीकरण, र समानतामूलक समाज निर्माण जस्ता एजेन्डा लिएर पार्टी अघि बढिरहेको स्पष्ट पारेका थिए।

अधिवेशनको बन्द सत्रबाट नेकपा माओवादी केन्द्र नरहरिनाथ गाउँ कमिटीको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। निर्वाचित नेतृत्वमा अध्यक्ष भरत बिष्ट, उपाध्यक्षहरू लालबहादुर भण्डारा, रबिन्द्र बिक र धन बहादुर सहकारी, सचिवमा दिपक बटाला, सहसचिव मन बहादुर बिक, कोषाध्यक्ष रमिता बोहरा निर्वाचित हुनुभएको छ। साथै, ४६ सदस्यीय गाउँ कमिटी सर्वसम्मत रूपमा निर्वाचित भएको माओवादी केन्द्र नरहरिनाथले जनाएको छ ।

नव-निर्वाचित सम्पूर्ण नेतृत्वलाई बधाई दिँदै पार्टी जिल्ला संयोजक डिबी शाहीले अबको नेतृत्वले २०८४ सालको निर्वाचन केन्द्रित रणनीति अघि सार्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । साथै, अधिवेशनमा नवप्रवेशिको लहर पनि चलेको थियो


उक्त अधिवेशनमा कलाकार पाण्डब बिष्टको बेजोड प्रस्तुति रहेको थियो भने स्थानीयद्वारा झोडा, मागल र देउडा समेत प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS