कमल बिष्ट
१९,जेठ,२०८२ कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिका कृषि विकास शाखाको आयोजना र सहयोगी हातहरुको समुह (सहास) नेपाल पाइला परियोजना कालिकोटको समन्वयमा २ दिने सामुदायिक बिउ बैंक स्थापना तथा ब्यबस्थापन तालीम सम्पन्न भएको छ।
नरहरिनाथ गाउँपालिका र सहास नेपालको सहजिकरणमा गठित विभिन्न समुहका सदस्यहक, वडा स्तरिय मुल समितिका सदस्यहरू, सञ्जाल संस्थाका पदाधिकारी, जनप्रतिनिधि, शाखाका प्रमुख तथा प्रतिनिधिको सक्रिय सहभागितामा रहेको थियो।

उक्त तालिममा स्थानीय कृषकहरूलाई बीउ संरक्षण तथा व्यवस्थापनसम्बन्धी सीप अभिवृद्धि गर्ने,तालिममा बिउ संकलन, छनोट, प्रशोधन, परीक्षण, भण्डारण र बिउ बैंक सञ्चालनको बारेमा व्यवहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो,बिउ बैंकमार्फत आगामी दिनमा बीउको पहुँच सहज बनाउने र कृषकलाई आर्थिक रूपमा सशक्त बनाउने लक्ष्य लिइएको छ। स्थानिय स्तरमा पाईने वाली र विभिन्न रैथाने तथा स्थानिय प्रजातीको, संरक्षण गरि यस पालिकाका कृषकहरुलाई बिउमा आत्म निर्भर बनाउनको लागि सुनथराली बातावरण संरक्षण सामुदायीक बिउ बैंक सञ्चालन तथा व्यवस्थापन समिति सत्य बुढाको संयोजकत्वमा नौं सदस्यीय समिति गठन गरिएको छ।
उक्त कार्यक्रमको प्रशिक्षण नरहरिनाथ गाउँपालिका कृषि शाखा प्रमुख मिना महतारा,नरहरिनाथ गाउँपालिका कृषि शाखाप्राविधिक सहायक भिम व वली,सहयोगी हातहरुको समुह (सहास) नेपाल पाइला परियोजना कालिकोटका वरिष्ठ जलवायु परिवर्तन शिक्षक वासुदेव रावतले गर्नु भएको थियो ।


