Ramesh Lekhak, Ramesh Lekhakh, रमेश लेखक

कमल कोपिला
२२ जेठ कालिकोट । आर्थिक वर्ष २०८२/०८३ का लागि टोल बस्ती स्तरबाट आयोजना तथा कार्यक्रम छनौट गर्ने उद्देश्यले आयोजना गरिएको विशेष कार्यक्रम बुधबार नरहरिनाथ गाउँपालिका वडा नं. ३ मा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता वडाध्यक्ष कटक बहादुर बुढाले गर्नु भएको थियो भने प्रमुख अतिथिको रूपमा भूतपूर्व कुमालगाउँ गाउँ विकास समिति अध्यक्ष पदम बहादुर बुढाको विशेष उपस्थिति रहेको थियो। वडा सचिव देवराज बिक, वडा प्राविधिक विक्रम रिजाल लगायत सम्पूर्ण वडासदस्य, टोल विकास समितिका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, संघ-संस्थाका प्रतिनिधिहरु, युवा क्लबका अगुवा, पत्रकार, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रम अत्यन्तै सफल र उत्साहजनक बनेको हो ।
Ramesh Lekhak, Ramesh Lekhakh, रमेश लेखक
कार्यक्रममा बजेट क्षेत्र तथा शीर्षकमा बृहत छलफल गरिएको थियो। टोलस्तरबाट आएका योजना प्रस्तावहरूलाई प्राथमिकताका आधारमा दफावार छलफल गर्दै, स्थानीय आवश्यकतासँग मेल खाने योजना छनौट गरिएको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो। उहाँले भनाइमा जोड दिँदै भन्नुभयो, “स्थानीय योजना स्थानीय सहभागिताबाटै छनौट हुनु विकासको पहिलो खुड्किलो हो।”

त्यसैगरी, प्रमुख अतिथि पदम बहादुर बुढाले स्थानीय सरकार र जनताको सहकार्यमार्फत विकासको गति बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमका अन्त्यमा सहभागी सबै पक्षले योजनाको पारदर्शिता र प्रभावकारी कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

यस कार्यक्रमले स्थानीय तहमा समावेशी विकासप्रतिको प्रतिबद्धता पुनः एकपटक स्पष्ट पार्दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS