कमल कोपिला
२४ जेठ २०८१ कालिकोट ।
नेकपा माओवादी केन्द्र गाउँ कमिटी नरहरिनाथको तेस्रो अधिवेशन सम्पन्न भएपश्चात पहिलो बैठक अध्यक्ष भरत बिस्टको अध्यक्षतामा सम्पन्न भएको छ।
बैठकमा कर्णाली प्रदेश कमिटी सचिवालय सदस्य अग्रबहादुर बिस्ट (क. सुनिल), मनशोभा बुढा (क. आशा), प्रदेश कमिटी सदस्य बिरेन्द्र बुढा, वैकल्पिक प्रदेश कमिटी सदस्य नवराज उपाध्याय (क. असिम), वडा नं ३ का वडाध्यक्ष कटक बुढा, गाउँ समिति पदाधिकारी तथा सदस्यहरू उपस्थित रहनुभएको थियो।

बैठकले सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै तेस्रो अधिवेशन सफल पार्न योगदान दिने सबैप्रति आभार प्रकट गरेको छ । पार्टीले १५ सदस्यीय सचिवालय समिति गठन गरेको छ। विधानअनुसार, तिन बैठकमा अनुपस्थित हुने पदाधिकारीलाई बर्खास्त गर्ने निर्णय समेत गरिएको छ। त्यस्तै, जुझारु युवा नेतृत्वले पूर्ण समर्पणका साथ काम गर्ने प्रतिबद्धता जनाएको छ।
साथै, विभिन्न समिति गठन गरिएको छ। लेखा समितिको संयोजकत्व कटक बुढा, सचिव पदमलाल बिक, सदस्य लक्ष्मण बिस्ट, दुर्गबहादुर सहकारी र नरेन्द्र बिस्ट रहेका छन्। अनुशासन समितिमा रुपक बिस्ट संयोजक, नरबहादुर बुढा सचिव, सदस्य मणिराम सहकारी, हिरामणी बिस्ट, मनबहादुर बिस्ट छन्। निर्वाचन समितिमा अनन्त बिस्ट संयोजक, टेक बहादुर बिक सचिव, सदस्य दलबिर बटाला, पूर्ण उपाध्याय, नैन सहकारी रहेका छन्। सल्लाहकार समितिमा कर्ण बहादुर बटाला संयोजक, सत्यदेवी बुढा सचिव, सदस्य सत बिक छन्। जेष्ठ नागरिक समितिमा खडक बिक छन्। ICT समितिमा कमल कोपिला संयोजक, गगन भण्डारा सचिव, सदस्य पुस्पा बुढा, कटक बुढा र तिलक बिस्ट छन्।
त्यस्तै, वडास्तरीय इन्चार्ज समेत तोकिएको छ। वडा नं १ मा जमानसिंह बिस्ट, वडा नं २ मा नेत्र दर्जी, वडा नं ३ मा कटक बुढा, वडा नं ४ मा बसन्ता सहकारी, वडा नं ५ मा प्रेम सहकारी, वडा नं ६ मा पदमलाल बिक, वडा नं ७ मा मनबहादुर बिक, वडा नं ८ मा रुपक बिस्ट र वडा नं ९ मा मकरसिंह दर्जी तोकिएको छ।
कार्यालय व्यवस्थापनका लागि बिरेन्द्र बुढाको संयोजकत्वमा कटक बुढा, नवराज उपाध्याय, दिपक बटालाको टोली बनेको छ। सचिवालय बैठक प्रत्येक महिना र पूर्ण कमिटीको बैठक तीन महिनामा एकपटक बस्ने निर्णय गरिएको छ।
अखिल नेपाल ट्रेड युनियन महासंघको पालिका तहको तदर्थ समिति जमानसिंह बिस्ट संयोजकत्वमा गठन गरिएको छ, जसमा सुर्य बिस्ट, धना बिक, भरत सहकारी, तयाराज उपाध्याय सदस्य छन्।
पार्टीले वडास्तरीय संगठन निर्माण, वैचारिक-राजनीतिक छलफल, तथ्यांक संकलन लगायतका कार्ययोजना बनाउँदै फिल्डमै जान निर्णय गरेको छ। कार्यतालिका अनुसार, वडा नं ९ मा २६ गते, वडा नं ८ मा २७ गते, वडा नं ६ मा २९ गते, वडा नं ७ मा ३० गते, वडा नं ५ मा ३१, वडा नं ४ मा असार १, वडा नं ३ मा २, वडा नं २ मा ३ र वडा नं १ मा ४ गते कार्यक्रम तय गरिएको छ। आसन्न २०८४ को निर्वाचनलाई लक्षित गर्दै ठूला योजनाका साथ अगाडि बढ्ने नेताहरूले बताएका छन्।


