कमल कोपिला/कमल बिष्ट ।
३० जेठ २०८२, कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा बजार अनुगमन समितिको पहिलो बैठक सम्पन्न भएको छ।
उद्योग विकास शाखा नरहरिनाथ गाउँपालिकाद्वारा आयोजना गरिएको सो बैठक बजार अनुगमन समिति संयोजक तथा नरहरिनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलको अध्यक्षतामा सञ्चालन भएको थियो।

बैठकमा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, शाखागत प्रमुख तथा प्रतिनिधि, पत्रकार र सुरक्षाकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो।
सो बैठकमा नरहरिनाथ गाउँपालिकाद्वारा संचालित रेडियो सुनथराली एफ.एम. बाट विभिन्न बजार क्षेत्रलाई मध्यनजर गर्दै जनचेतना मुलक सुचना प्रचार प्रसार गर्ने र नरहरिनाथ गाउँपालिका वडा नं १ देखि वडा नं ९ सम्मका सम्पूर्ण बजार क्षेत्रमा जोडिएका व्यापारीहरुसँग अन्तरक्रिया सँगै सामान बिक्री वितरण गर्दा कानुनी प्रक्रिया पुरा गर्ने गरी छलफल गर्ने र बजार अनुगमन कार्यक्रम आगामी असार १३ गते देखि १४ गते सम्म गर्ने विषयमा छलफल भएको थियो।
उक्त बैठक नरहरिनाथ गाउँपालिकाका उद्योग विकास शाखा प्रमुख दिपेन्द्र बिष्टले संञ्चालन गर्नु थियो।


