कमल बिष्ट ।
०२ आषाढ २०८२, कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका–०५ का अन्दाजी २५ वर्षीय राजेन्द्र बहादुर सहकारी घरको काठ बोक्ने क्रममा भिर बाट लडेर गम्भीर घाइते भएका छन्।

घटनाको खबर पाएपछि, नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्टको पहलमा तत्काल उद्धार प्रक्रिया सुरु गरिएको थियो। अध्यक्ष बिष्ट र जिल्ला प्रशासन कार्यालयको समन्वय तथा सुरक्षा निकायका प्रमुखहरूको सहयोगमा गाउँपालिकाले निःशुल्क हेलिकप्टर चार्टर गरी घाइते राजेन्द्रलाई कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेत पठाईएको हो।

गाउॅंपालीका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले यस उद्धारमा आवश्यक सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा सबै सरोकारवालाप्रति गाउँपालिका अध्यक्षले सामाजिक सञ्जाल मार्फत धन्यवाद समेत दिएका छन् । “स्वास्थ लाभको कामना भाई राजेन्द्र सहकारी उद्धार गरि हेलिकप्टर चढाएर मात्रै म पुर्ण सन्तुष्ट छैन, जुनदिन तिमि सकुशल घर फर्किने छौ म त्यो दिन सन्तुष्ट हुनेछु, म तेहीदिनको पर्खाईमा छु, सबै आफन्तजन हरुपनि नआत्तिनुहोला हामि सबै साथमा छौ” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS