कमल कोपिला
४ असार, २०८२ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. ६ बसोबास गर्ने रमाने बिकको घरमा २०८२ साल जेठ ३१ गते आगलागी भएको घटनाबाट पीडित भएका बालबालिकाहरूलाई राहत स्वरूप दैनिक उपभोग्य सामाग्री तथा शैक्षिक सामग्री वितरण गरिएको छ।

आगलागीबाट विशेषगरी साना बालबालिका बढी प्रभावित भएका कारण प्लान इन्टरनेशनल नेपाल र किर्डाक नेपालको साझेदारीमा सञ्चालित “सशक्त बालिका परियोजना” अन्तर्गत नरहरिनाथ गाउँपालिकाको समन्वयमा पीडित बालबालिकाहरूका लागि खाद्यान्न, नुन, तेल, साबुन, ब्लाङ्केट, डसना लगायत दैनिक जीवनका अत्यावश्यक सामग्रीहरू वितरण गरिएको हो।

त्यस्तै, बालबालिकाहरूको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै स्टेशनरी सामग्री जस्तै कापी, डटपिन लगायतका सामग्रीसमेत प्रदान गरिएको थियो। वितरण गरिएका सामग्रीहरूको मूल्य करिब रु. १०,००० बराबर रहेको बताइएको छ।

उक्त राहत सामग्रीहरू नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाहको रोहबरमा सशक्त बालिका परियोजनाका कार्यक्रम अधिकृत रमिता बटालाले आज हस्तान्तरण गरेकी हुन्।

पीडित परिवार र स्थानिय समुदायले उक्त सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS