कमल कोपिला
५ असार कालिकोट । नेकपा माओवादी केन्द्र निकट श्रमिक संगठन अखिल नेपाल ट्रेड यूनियन महासंघ, नरहरिनाथ गाउँपालिका समिति, कालिकोटले आज एक औपचारिक कार्यक्रममार्फत ११ बुँदे मागपत्र नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट र उपाध्यक्ष कमल कुमार शाह समक्ष पेश गरेको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी गरिरहेकै सन्दर्भमा, महासंघले श्रमिक वर्गका हक, अधिकार र सामाजिक सुरक्षाका सवालमा गम्भीर ध्यानाकर्षण गराउँदै मागपत्र पेश गरेको हो।

मागपत्रमा नेपालको संविधान तथा श्रम ऐन र सामाजिक सुरक्षा ऐन अनुसार श्रमिकले पाउनुपर्ने न्यूनतम ज्याला, महँगी भत्ता, पोसाक भत्ता र अन्य सेवा सुविधाको सुनिश्चिततासहित स्थायी र करार कर्मचारीबीचको विभेद अन्त्य गर्नुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, उपभोक्ता समिति तथा ठेक्का मार्फत काम गर्ने श्रमिकहरुको पारिश्रमिक बैंक खातामार्फत भुक्तानी हुने गरी पारदर्शी व्यवस्था मिलाउन, श्रम संवाद समिति गठन गर्न, स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न, र विदेश (विशेषतः भारत) मा मौसमी रूपमा कार्यरत नेपाली कामदारहरुको अभिलेख तयार गरी सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्ने माग समेत गरिएको छ।

यसबाहेक, गाउँपालिकाले गरिब तथा श्रमिकमाथि “सरकार साथमा छ” भन्ने अनुभूति दिलाउन आवश्यक बजेट विनियोजन गर्नुपर्ने र श्रमिकहरूमाथि ८ घण्टा भन्दा बढी काम गराउनु परेमा थप पारिश्रमिकको व्यवस्था गरिनुपर्ने उल्लेख गरिएको छ।

संगठनका इन्चार्ज पंख बहादुर बिष्ट द्वारा हस्ताक्षरित उक्त मागपत्रमा, स्थानीय फर्म तथा श्रमिकलाई प्राथमिकता दिँदै कमिसनको आधारमा बाहिरी व्यक्तिलाई काम दिने प्रवृत्ति अन्त्य गरिनुपर्ने कडाईका साथ भनिएको छ।

मागपत्र बुझ्दै, गाउँपालिका अध्यक्ष बिष्टले श्रमिक वर्गको मागलाई सकारात्मक ढंगले लिइने आश्वासन दिनुभएको थियो। यस विसयमा थप अनुसन्धान गर्दै गाउपालिका लाग्ने बताउनुभयो । त्यस्तै उपाध्यक्ष शाहले, निकै कठिन विसय भएकाले सकेजती गाउँपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महासंघले प्रस्तुत गरेका ११ बुँदे मागहरूलाई यथाशक्य आगामी गाउँसभा र बजेटमा समेट्नुपर्ने दबाब पनि सशक्त रूपमा दिईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS