कमल कोपिला
६ असार, २०८२ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका-२ मा अवस्थित श्री चौथिकोट आधारभूत विद्यालयले आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा अन्तर आधारभूत विद्यालय स्तरीय हाजिरीजवाफ तथा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रममा सभा अध्यक्षको रूपमा विद्यालयका प्रधानाध्यापक टेक बिकले सभाको सञ्चालन गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेपाल शिक्षक महासंघ नरहरिनाथका अध्यक्ष शेर बहादुर बिष्ट, विशेष अतिथिका रूपमा शिक्षा शाखाका स्रोत व्यक्ति धनकृष्ण पाण्डेय, र अतिथिको रूपमा INF नेपालका टिम लिडर नवीन बिश्वकर्मा लगायतको विशेष उपस्थिति रहेको थियो।

प्रतियोगितामा नरहरिनाथ गाउँपालिका भित्रका ७ वटा आधारभूत विद्यालयहरूको सहभागिता रहेको थियो। हाजिरीजवाफ प्रतियोगिताको नतिजा अनुसार श्री विश्वकुना माध्यमिक विद्यालय माझगोठिले प्रथम स्थान प्राप्त गर्न सफल भयो। द्वितीय स्थान श्री चौथिकोट आधारभूत विद्यालय र श्री रमा माध्यमिक विद्यालयले संयुक्त रूपमा प्राप्त गरे भने तृतीय स्थान श्री नन्दादेवी माध्यमिक विद्यालय कोटवाडाले प्राप्त गर्‍यो। वक्तृत्वकला प्रतियोगिता “सफल र असल जीवनका लागि प्रविधि मैत्री शिक्षा” शीर्षकमा आयोजित थियो। यसतर्फ जानकी बुढा (श्री विश्वकुना मा.वि.) प्रथम, निरुता दर्जी (श्री चौथिकोट आ.वि.) द्वितीय, र आकाश बिष्ट (श्री नन्दादेवी मा.वि. कोटवाडा) तृतीय भएका छन्।

विजेता तथा सहभागी सम्पूर्ण विद्यार्थीलाई पुरस्कार वितरण कार्यक्रम भोलि हुने आयोजकले जानकारी दिएको छ। कार्यक्रमको समापनमा सभा अध्यक्ष टेक बिकले सहभागी, सहयोगी, र सहजीकरणकर्ताहरूप्रति आभार प्रकट गर्दै विद्यालयको इतिहासमै यो कार्यक्रम विशेष भएको उल्लेख गरे।

भोलिपनि वार्षिकोत्सवको दोस्रो दिन विशेष सांगीतिक कार्यक्रम आयोजना गरिने जानकारी गराइएको छ, जसमा चर्चित कलाकार पाण्डब बिष्टको प्रस्तुति रहनेछ। कार्यक्रमलाई अझ भव्य र सांगीतिक माहोलले भरिपूर्ण बनाउने तयारी गरिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS