कमल कोपिला,
१० असार, कालिकोट ।
तिलागुफा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७० करोड बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १७औं नगरसभा सोमबार नगर प्रमुख शंकर प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको हो।
नगरसभामा निवर्तमान नगरप्रमुख रत्नबहादुर शाही प्रमुख अतिथिका रूपमा सहभागी भए भने नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले बजेट प्रस्तुत गरे।

बजेट सार्वजनिक गर्दै उपप्रमुख शाहीले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि तथा सामाजिक सुरक्षालगायतका क्षेत्रमा प्राथमिकता दिइएको जानकारी दिए। उनले नगरबासीको आवश्यकता तथा विकासको दिगो दृष्टिकोणलाई ध्यानमा राखेर कार्यक्रम तय गरिएको बताए।
सभाको अवसरमा नगरपालिकाले सेवा प्रवाहमा उत्कृष्ट योगदान दिने केही कर्मचारीलाई सम्मान समेत गरेको छ। नगरपालिकाले जनमुखी, समावेशी र परिणाममुखी कार्यक्रममार्फत समुचित विकासलाई गति दिने प्रतिबद्धता जनाएको छ।


