कमल बिष्ट ।
१२ असार २०८२, कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा बजार अनुगमन समितिको दोस्रो बैठक सम्पन्न भएको छ।

उद्योग विकास शाखा नरहरिनाथ गाउँपालिकाद्वारा आयोजना गरिएको सो बैठक बजार अनुगमन समिति संयोजक तथा नरहरिनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलको अध्यक्षतामा सञ्चालन भएको थियो।

बैठकमा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, शाखागत प्रमुख तथा प्रतिनिधि, पत्रकार र सुरक्षाकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो।

सो बैठकमा नरहरिनाथ गाउँपालिका वडा नं ८,९ को मुख्य बजार क्षेत्र खुलालु बजार क्षेत्र, लालिघाट बजार क्षेत्र र वडा नं १ देखि ३ सम्मको डाँडामाडु बजार क्षेत्रमा बजार अनुगमन समितिका संयोजक युवराज पौडेलको अध्यक्षतामा स्थलगत अनुगमन गर्दा योगी नरहरीनाथ आधारभूत अस्पतालका प्रमुख, नरहरीनाथ गाउँपालिका कृषि विकास शाखा प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुख द्वारा अनुगमन गरिने क्षेत्रहरूमा अनुगमन गर्दै गर्दा देखापरेका मिति नागेका म्याद गुर्जेका वस्तु सङ्कलन गरी गाउँपालिका क्षेत्रमा मुचुल्का गरी डिस्पोज तथा नष्ट गर्ने विषयमा छलफल भएको थियो।

उक्त बैठक नरहरिनाथ गाउँपालिकाका उद्योग विकास शाखा प्रमुख दिपेन्द्र बिष्टले संञ्चालन गर्नु थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS