कमल बिष्ट ।
१२ असार २०८२, कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा असारको १५ नजिकिँदै गर्दा पनि पर्याप्त वर्षा नहुनुका कारण यहाँका किसानहरू चिन्तित भएका छन्। परम्परागत रूपमा रोपाइँको मुख्य सिजन मानिने असारको सुरुवातमै खेतहरू सुक्खा रहँदा धान रोप्न नसकिएको किसानहरूको गुनासो छ।
“हरेक वर्ष यति बेलासम्म खेतमा पानी भरिएको हुन्थ्यो, तर यो वर्ष पानी परेन, खेत सुक्खै छ,” नरहरिनाथ गाउँपालिका–३ का एक किसानले बताए। पानी नपरेपछि खेत जोत्न र धान रोप्ने कार्य प्रभावित भएको छ।

जलवायु परिवर्तनको असरले गर्दा समयमै पानी नपर्ने क्रम बढ्दै गएको स्थानीयहरूको भनाइ छ। यदि छिट्टै पानी नपरे धान उत्पादनमा भारी गिरावट आउने खतरा देखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
+1
+1


