कमल कोपिला/कमल बिष्ट ।
१४ असार २०८२, कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा बजार अनुगमन समितीद्वारा नरहरिनाथमा बजार अनुगमन सुरु भएको छ।
उद्योग विकास शाखा नरहरिनाथ गाउँपालिकाद्वारा आयोजना गरिएको सो बजार अनुगमनमा नरहरिनाथ गाउँपालिकाका सुचना प्रविधि शाखा प्रमुख भरत कठायतको अध्यक्षतामा सञ्चालन भएको थियो।

त्यस्तै, अनुगमनमा नरहरीनाथ गाउँपालिका उद्योग विकास शाखा प्रमुख दिपेन्द्र बिष्ट, वडा नं ९ का वडा अध्यक्ष प्रदिप बोहोरा,वडा नं ८ का वडा सदस्य निम बहादुर भण्डारी,इलाका प्रहरी कार्यालय कुमालगाउँका इन्चार्ज गोविन्द विक्रम शाह, बजार अनुगमन समितीका पदाधिकारी एवं सदस्यहरू, सम्बन्धित वडाका जनप्रतिनिधि, सहास नेपाल पाइला परियोजना नरहरिनाथका सिनियर जलवायु परिवर्तन प्रशिक्षक बासुदेव रावत, बजार व्यवस्थापन समिति अध्यक्ष विरेन्द्र सहकारी, योगी नरहरीनाथ आधारभूत अस्पतालका प्रमुख डा.शिवनाथ यादव, शाखागत प्रमुख तथा प्रतिनिधि, पत्रकार र सुरक्षाकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो।
सो अनुगमन नरहरिनाथ गाउँपालिका वडा नं १,८,९ को मुख्य बजार क्षेत्र लालिघाट बजार क्षेत्र,खुलालु बजार क्षेत्र र लालुको सम्पूर्ण बजार क्षेत्रमा स्थलगत अनुगमन गर्दा देखापरेका मिति नागेका म्याद गुर्जेका वस्तु सङ्कलन गरी प्रहरी चौकी कार्यालय खुलालुमा संकलन गरिएको छ।


