कमल कोपिला
साउन १५, काठमाडौ ।
नरहरिनाथ एकता समाजद्वारा आयोजित “खिर खाने दिन” को अवसरमा काठमाडौंमा रहेका कालिकोटको नरहरिनाथ गाउँपालिकाका बासिन्दाहरूबीच विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा समाजका अध्यक्ष पारस बिस्टको अध्यक्षता, नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिस्टको प्रमुख आतिथ्यतामा र बिशेष अतिथीको रुपमा कर्णाली कोटिहोमका संयोजक मान बहादुर शाह, समाजसेवी जगत बहादुर बिष्ट, राजनीतिज्ञ काली बहादुर बिस्टको उपस्थिति रहेको थियो।

कार्यक्रममा पत्रकार, बुद्धिजीवी, युवा, महिला लगायत विभिन्न पृष्ठभूमिका नरहरिनाथबासीहरू सहभागी भएका थिए। हाल काठमाडौंमा बसोबास गर्दै आएका ३० भन्दा बढी घरधुरीलाई एकै थलोमा जोड्न सफल रहेको ठाउँ रामकोटमा सहभागिहरूले आपसी चिनजान, सहकार्य र एकताको सन्देश सँगसँगै आदानप्रदान गरेका थिए।

कार्यक्रमका संयोजक बिष्टले “थोपा थोपा मिलेर सागर बन्छ भनेझैँ, समाज निर्माणका लागि स-साना प्रयासहरू महत्वपूर्ण हुन्छन्,” भन्दै समाजमा सहकार्य, एकता र सम्बन्ध सुदृढ बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए।

काठमाडौंमा रहेका नरहरिनाथबासी विद्यार्थी, पेशाकर्मी तथा व्यवसाय अध्ययन गर्नेहरूको बाक्लो उपस्थिति रहेको यस कार्यक्रमले समाजभित्रको आपसी सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।

प्रमुख अतिथी बिस्टले भने, “हामी जहाँ भए पनि आफ्नो पहिचान, संस्कृति र आपसी सम्बन्धलाई जोगाइराख्नुपर्छ। काठमाडौंजस्तो व्यस्त सहरमा पनि आफ्नो गाउँ, आफ्नो थलो सम्झिने र समाजमा एकता स्थापित गर्ने यस्तो प्रयास अत्यन्त सराहनीय छ। नरहरिनाथवासीहरूबीच आपसी समझदारी र सहकार्यले आगामी दिनमा अझ ठूलो रूप लिन्छ भन्ने अपेक्षा लिएको छु। समाजमा जरा गाडेर बसेका बुद्धिजीवी, पत्रकार, युवा तथा व्यवसायीहरूमार्फत हामीले आफ्नो क्षेत्रको विकासमा उल्लेखनीय योगदान दिन सक्छौं।”

कार्यक्रममा कलाकार पाण्डब बिष्टको बिशेष प्रस्तुति रहेको थियो भने कार्यक्रमको संचालन रत्नकमल बिष्टले गरेका थिए ।

नरहरिनाथ एकता समाजद्वारा काठमाडौंमा आयोजित खिर खाने कार्यक्रमले भावनात्मक र सांस्कृतिक पक्षलाई उजागर गरेको छ । खिर नेपाली समाजमा कुनै सामान्य परिकार मात्र होइन, आत्मीयता, शुभकामना र सांस्कृतिक सम्बन्धको मिठो प्रतीक हो।

काठमाडौंजस्तो भीडभाड र व्यस्तता भएको सहरमा, मानिसहरू प्रायः आफ्नो गाउँ, समाज, र पुराना सम्बन्धहरूबाट टाढिँदै जान्छन्, खिर खाने कार्यक्रमले हराउँदै गएको आत्मीय सम्बन्धलाई फेरि बिउझाएको छ। खिर खाएर रमाइलो गर्ने, जमघट गर्ने, गाँउको सम्झनालाई जीवित राख्ने, गाउँबाट टाढा भए पनि मनले नछोड्ने सम्बन्धलाई अझ मजबुत पार्ने प्रयास रहेको आयोजकले बताएको छ।

उपत्यकामा बसेका नरहरिनाथबासीहरूले आफ्नो गाउँ, संस्कृति र आपसी एकतालाई सम्झेर पुनः जीवन्त बनाएको छन। भेटघाट मात्र नभएर गाउँबाट ल्याइएको आत्मीयता, सहकार्य र साझा पहिचानको सन्देश हदेखिएको छ, जुन सहरमा पनि हराएको छैन भन्ने सशक्त प्रमाण हो।

कार्यक्रमको क्रममा सहभागीहरूले भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने, पारस्परिक सहकार्यलाई प्रवर्द्धन गर्ने तथा समाजको साझा हितका विषयमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS