कमल कोपिला
२५ साउन २०८२ कालिकोट । नरहरिनाथ गाउँपालिकाले विभिन्न कारणले गाउँपालिकाबाहिर बसोबास गर्दै आएका सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूको सहजताको लागि विशेष नवीकरण तथा बायोमेट्रिक रुजु शिविर सञ्चालन गरेको छ ।

सुचना अधिकृत भरत कुमार कठायतका अनुसार, हालसम्म करिब ८२ जना भन्दा बढी लाभग्राहीहरूको नवीकरण तथा रुजु कार्य सम्पन्न भइसकेको बताईएको छ ।

जस अन्तर्गत असहाय, अपांग, अशक्त, उपचारको क्रममा बाहिर तथा गाउँपालिका कार्यालयमा प्रत्यक्ष उपस्थित हुन नसक्ने लाभग्राहीहरूका लागि शिविर प्रदेश राजधानी सुर्खेतको मुलपानी चोकमा आजदेखी सुरु गर्दै भोलि र पर्सि २७ गते सम्म सञ्चालन गरिने भएको छ।

नवीकरणका लागि लाभग्राहीहरूले सामाजिक सुरक्षा परिचयपत्र, राष्ट्रिय परिचयपत्र नम्बर वा आवेदन फाराम, एकल महिलाको हकमा श्रीमानको मृत्यु प्रमाणपत्र, अपांगताको हकमा अपांगता परिचयपत्र, र बालबालिकाको हकमा सामाजिक सुरक्षा परिचयपत्र वा जन्मदर्ता प्रमाणपत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।

नवीकरण गर्न बाँकी रहेका सम्पूर्ण लाभग्राहीहरूले तोकिएको मितिमा आवश्यक कागजातसहित स्वयम् उपस्थित भई सेवा लिन सक्ने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS