कमल बिष्ट ।
१३ भाद्र २०८२, कालिकोट । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कालिकोटका मन्त्री तथा श्री रमा माध्यमिक विद्यालय कालाशिल्ला कुमालगाउँका प्रधानाध्यापक तपेन्द्र महताराले आफ्नो जन्मदिनको अवसरमा विद्यालयका विद्यार्थीहरूका लागि उल्लेखनीय सहयोग गर्नुभएको छ।
उहाँले कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूलाई कक्षाकोठामै पिउने पानीको सहज सुविधा उपलब्ध गराउने उद्देश्यले विद्यालयलाई ७ वटा ग्यालिन र ७ वटा जग हस्तान्तरण गर्नुभएको हो।

महताराले जन्मदिनलाई औपचारिक उत्सव मात्र नभई सामाजिक उत्तरदायित्वसँग जोडेर विद्यालय र विद्यार्थी हितमा योगदान गर्नु भएको यस कदमलाई स्थानीय अभिभावक, शिक्षक तथा विद्यार्थीहरूले प्रशंसा गरेका छन्।
यस प्रकारको सहयोगले विद्यार्थीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र विद्यालयमा पठनपाठनको वातावरण अझ सहज र अनुकूल हुने अपेक्षा गरिएको छ।


