कमल कोपिला/कमल बिष्ट
१८ भाद्र २०८२, कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका–२ निवासी बल बि.क. की श्रीमती कल्पना बि.क.लाई गम्भीर रक्तअल्पता भएपछी हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत पठाईएको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार, उनको रक्त समूह A+ भए पनि शरीरमा रगतको मात्रा ३.६ मात्र पुगेको थियो। यस्तो अवस्थामा जीवनरक्षा चुनौतीपूर्ण हुने भएकाले तत्कालै हेलिकप्टरमार्फत सुर्खेत पठाइएको हो।

कल्पना बि.कलाई सुरुमा योगी नरहरिनाथ आधारभुत अस्पताल कुमालगाउँमा उपचारका लागि ल्याइएको थियो। तर अवस्था जटिल बन्दै गएपछि गाउँपालिकाको पहलमा र जिल्ला प्रशासन कार्यालय कालिकोट सँगको समन्वयमा तत्काल उद्धार गरेर सुर्खेत पठाइएको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता प्रदीप बोहराले जनाएका छन्।

यस घटनाले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा, रगत आपूर्ति र आपतकालीन उद्धार व्यवस्थाको आवश्यकताबारे फेरि एकपटक प्रश्न उठाएको छ।

गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाहले यो समस्या प्रति दुःख व्यक्त गर्दै यस्तो समयमा राज्य र समाज दुवैले संवेदनशील हुनुपर्ने बताएका छन्। “ग्रामीण भेगमा अझै पनि आपतकालीन स्वास्थ्य सुविधा पर्याप्त छैन। हामीले यस्तो अवस्था दोहोरिन नदिन रगत आपूर्ति, स्वास्थ्य जनशक्ति र आपतकालीन उद्धार सेवामा विशेष प्राथमिकता दिनुपर्छ। हरेक नागरिकको जीवन अमूल्य हुन्छ, त्यसैले गाउँपालिकाले यस्ता आकस्मिक अवस्थामा उद्धारका लागि सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।” उनले भने ।

उपाध्यक्ष शाहले कल्पना बि.क.को स्वास्थ्य लाभको कामना गर्दै परिवारलाई धैर्य गर्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS