कमल बिष्ट ।
३० असोज २०८२, कालिकोट ।
नरहरिनाथ गाउँपालिका वडा नं ५ रुप्सामा स्थापित जय लक्ष्मी नेपाली हाते कागज उद्योगले स्थानीय स्रोत र श्रम प्रयोग गरेर आत्मनिर्भरता तर्फ महत्वपूर्ण कदम अघि बढाएको छ।

यो उद्योग नरहरिनाथ उद्योग विकास शाखाको समन्वयमा र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको सहयोगमा सञ्चालनमा आएको हो। करिब दुई वर्षअघि सञ्चालन गरिएको सीप विकास तालिमबाट सुरु भएको यस उद्योगलाई जसमल सहकारीले सञ्चालन गर्दै आएका छन्।

स्थानीय कच्चा पदार्थको उपयोग र घरेलु सीपमार्फत कागज उत्पादन गरी रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको यो उद्योगले अहिले गाउँकै युवाहरूलाई आकर्षित गर्न सफल भएको छ।

उद्योग स्थापना देखि हालसम्म प्राविधिक सहयोगका रूपमा नरहरिनाथ गाउँपालिकाका उद्योग विकास शाखा प्रमुख दिपेन्द्र बहादुर बिष्ट निरन्तर सल्लाह र सहकार्य प्रदान गरेका छन्।

स्थानीय स्रोत र सीपको प्रभावकारी प्रयोगमार्फत आत्मनिर्भर आर्थिक विकासतर्फ यस उद्योगले नयाँ दृष्टान्त प्रस्तुत गरेको गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS