कमल बिष्ट ।
११ कार्तिक २०८२, कालिकोट ।
जिल्लाको नरहरिनाथ गाउँपालिकामा आउँदै गरेको गोर्खाली दशैंलाई मध्यनजर गर्दै नरहरिनाथ गाउँपालिका वडा नं. ३, कुमालगाउँमा अवस्थित ऐतिहासिक तथा धार्मिक नन्दादेवी माई मन्दिर पुनःनिर्माण कार्य पुनःसञ्चालन गरिएको छ।

स्थानीय धुर्ब बुढाको पहलमा सुरु गरिएको उक्त अभियानले रोकिएको मन्दिर निर्माण कार्यलाई निरन्तरता दिएको हो। मन्दिर निर्माण कार्य केही समयअघि आधा मात्रै सम्पन्न भएको थियो, तर बजेट फ्रिज भएपछि काम रोकिएको थियो।

प्रत्येक वर्ष यही स्थानमा गोर्खाली दशैं मनाइँदै आएको छ। यस वर्ष पनि पर्व नजिकिँदै गर्दा मन्दिर अधुरो रहेकाले धार्मिक कार्यक्रम सञ्चालनमा कठिनाइ हुने देखिएपछि स्थानीय युवाहरूको सक्रियता र धुर्ब बुढाको नेतृत्वमा पुनःनिर्माण अभियान सुरु गरिएको हो।

स्थानीय बासिन्दाहरूका अनुसार नन्दादेवी माई मन्दिर उनीहरूको आस्था र संस्कृतिको प्रतीक स्थल हो। मन्दिरको पुनःनिर्माणले धार्मिक पर्यटनको सम्भावना पनि बढाउने विश्वास गरिएको छ।

धुर्ब बुढाले भने, “गोर्खाली दशैं हाम्रो गाउँको परम्परा र पहिचान हो। मन्दिर अधुरो रहँदा त्यो भावना अधुरो हुन्छ, त्यसैले सबैको सहयोगमा काम अघि बढाएको बुढाले बताए।”

यस अभियानमा गाउँका युवादेखि महिला समूहसम्मले स्वेच्छिक श्रमदानमार्फत सहयोग गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS