कमल बिष्ट ।
२५ कार्तिक २०८२, कालिकोट ।
जिल्लाको नरहरिनाथ गाउँपालिकामा आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) नरहरिनाथ गाउँकमिटीद्वारा आयोजित जनभेला कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् कालिकोट जिल्ला इन्चार्ज नगेन्द्र शाही प्रमुख अतिथि थिए भने सो अवसरमा नेकपा (एमाले) प्रदेश कमिटी सदस्य टेक बहादुर बोगटी (प्रविन), प्रदेश कमिटी सदस्य मानव बम, जिल्ला कमिटी उपाध्यक्ष टेक बहादुर बुढा र पार्टीका संस्थापक नेता दुर्ग बहादुर शाही विशेष अतिथि रहेका थिए।

कार्यक्रममा बोल्दै जिल्ला कमिटी उपाध्यक्ष टेक बहादुर बुढाले अहिलेको राजनीतिक अवस्थाले जनतालाई दिगो समाधान खोज्न बाध्य पारेको र त्यसको विकल्प एमाले मात्र भएको दाबी गरेका छन् । उनले नरहरिनाथ गाउँपालिकालाई संगठनको दृष्टिले नमूना गाउँपालिका बनाउने लक्ष्य रहेको बताए।

प्रदेश सदस्य मानव बमले एमालेले संघीयता, लोकतन्त्र र विकासको मार्गलाई सुदृढ पार्दै आएको उल्लेख गर्दै नयाँ पुस्तालाई राजनीतिप्रति आकर्षित गर्ने खालका जनपरिचालनहरू निरन्तर चलाइने जानकारी दिएका छन्।

प्रदेश कमिटी सदस्य टेक बहादुर बोगटी (प्रविन) ले एमालेको नीतिहरू जनताको पक्षमा आधारित रहेको बताउँदै सबैलाई पार्टीमा एकता र अनुशासन कायम राख्न आग्रह गरे। उनले “एमाले संगठनले फेरि पनि जनताको विश्वास जित्नेछ,” भने।

त्यस्तै अन्त्यमा, केन्द्रीय सदस्य नगेन्द्र शाहीले एमाले देशको स्थायित्व, विकास र सुशासनका लागि प्रतिबद्ध रहेको बताउँदै उनले संविधानको रक्षा र प्रतिनिधि सभा पुनःस्थापनाका पक्षमा एमालेले थालेको जनपरिचालन अब गाउँ-गाउँमा पुग्ने बताउँदै स्थानीय तहका कार्यकर्तालाई संगठन सुदृढीकरणमा जोड दिएका छन।

संविधानको रक्षा र प्रतिनिधि सभा पुनःस्थापनाका लागि भन्दै एमालेले देशव्यापी रूपमा सञ्चालन गरेको जनपरिचालन अभियान अन्तर्गत नरहरिनाथमा गरिएको प्रदर्शन दिउँसो १० बजेदेखि नै सुरू भएको थियो। सो कार्यक्रम साँझसम्म निरन्तर रह्यो।

नेकपा (एमाले) नरहरिनाथ गाउँकमिटीका सचिव प्रदीप बोहराका अनुसार सो जनभेलाले गाउँमा पार्टीको जनसंगठन थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS