कमल बिष्ट ।
२४ मंसिर २०८२, कालिकोट ।
जिल्लाको नरहरिनाथ गाउँपालिकामा आज लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ। महिला तथा बालबालिका विकास शाखाको आयोजनामा, सहास नेपाल पाइला परियोजना, लिफ्ट परियोजना कालिकोट, आइ.एन.एफ नेपाल, किर्डाक नेपाल र सक्षम पाइला किशोरी सञ्जालको समन्वय तथा संयुक्त स्रोत साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रमअन्तर्गत लैङ्गिक हिंसा, महिला सशक्तिकरण, किशोरी अधिकार तथा समानताको महत्वबारे चेतनामूलक गतिविधिहरू र छलफलहरू गरिएको थियो। सहभागीहरूले समुदायमा लैङ्गिक हिंसालाई न्यूनीकरण गर्ने उपायहरूमा चर्चा गर्दै सामाजिक सचेतना बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

गाउँपालिकाका अधिकारीहरूले यस्तो अभियानले महिलाहरू र किशोरीहरूको सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। सहभागी संस्थाहरूले आगामी दिनमा पनि समान उद्देश्यका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS