कमल बिष्ट ।
२९ मंसिर २०८२, कालिकोट ।
नरहरिनाथ गाउँपालिकाका अगुवा युवा जिवन विश्वकर्माले उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री माननीय कुलमान घिसिङलाई आज विभिन्न विकाससम्बन्धी मागहरू पेश गरेका छन् ।

सिंहदरबार, काठमाडौंमा भएको भेटघाटका क्रममा नरहरिनाथ गाउँपालिकामा सडक, विद्युत, शैक्षिक भवन तथा जलविद्युत आयोजनासम्बन्धी आवश्यक मागपत्र मन्त्री घिसिङसमक्ष प्रस्तुत गरिएको छ। गाउँपालिकाको भौगोलिक विकटता र विकासका आधारभूत पूर्वाधारको अभावलाई ध्यानमा राख्दै ती मागहरू राखिएको जनाइएको छ।

मागपत्रमा नरहरिनाथ गाउँपालिकाको गौरवको आयोजना अन्तर्गत ५०० किलोवाट क्षमताको धाचुखोला लघु जलविद्युत आयोजना निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरी काम तत्काल सुचारु गर्न अनुरोध गरिएको छ। यस्तै वडा नं. ३ को सहिनेखोला देखी रुप्साको जनता माध्यमिक विद्यालय सम्मको सडक निकै कडा चट्टान रहेकोले आवश्यक विस्पोटक पदार्थ उपलब्ध गराई आवश्यक बजेट उपलब्ध गराउन माग गरिएको छ।

त्यसैगरी लालिघाटदेखि नरहरिनाथ गाउँपालिकाको चुना सम्मको करिब २८ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रेका लागि बजेट सुनिश्चित गराउन, गाउँपालिकालाई पूर्ण विद्युतीकरण गर्न आवश्यक सहयोग प्रदान गरिदिन माग पनि समावेश गरिएको छ।

वडा नं. ४ मा रहेको विश्वकुना माध्यमिक विद्यालय हाल पहिरो जोखिममा रहेकाले विद्यालयको लागि नयाँ ५ कोठे पक्की भवन निर्माणका लागि बजेट व्यवस्था गर्न पनि मन्त्री समक्ष ध्यानाकर्षण गराइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS