कमल कोपिला
१८ माघ २०८२ कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं ५ को भेरेखोलादेखि वडा नं ३ को सैनेखोलासम्मको सडक खण्ड निर्माणका लागि ६ करोड रुपैयाँ लागतको बहुवर्षीय योजनाको शिलान्यास गरिएको छ।

संघीय सरकारको ८० प्रतिशत र स्थानीय तहको २० प्रतिशत लागत साझेदारीमा निर्माण हुन लागेको उक्त सडक निर्माण योजनाको शिलान्यास आइतबार नरहरिनाथ गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा वडा नं ३ का वडाध्यक्ष कटक बहादुर बुढाले गर्नुभएको हो।

सो शिलान्यास कार्यक्रममा, वडा नं ४ का वडाध्यक्ष नन्दराम सहकारी, वडा नं ५ का वडाध्यक्ष मान बहादुर सहकारी, गाउँपालिकाका इन्जिनियर निरक कुमार शाह, सब-इन्जिनियर कमल सहकारी, वडा नं ४ का प्राविधिक धन बहादुर सहकारी लगायत जनप्रतिनिधि, कर्मचारी, स्थानीय अगुवा र सरोकारवालाको सहभागिता रहेको थियो।

हाल कच्ची अवस्थामा उक्त सडक बहुवर्षीय योजनाअन्तर्गत निर्माण गरिनेछ। शिलान्यास पश्चात बोल्दै कार्यवाहक अध्यक्ष बुढाले योजना बहुवर्षीय भएतापनि रुप्साबासीको यातायात पहुँच सहज बनाउन छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न गाउँपालिका गम्भीर र प्रतिबद्ध रहेको बताउनुभयो। सडक निर्माणको जिम्मा पाएको सद्भाव वाङ्ला एस.के.जे.डि. कम्पनीका ठेकेदार श्याम प्रसाद उपाध्यायले जतिसक्दो दिनरात नभनी चाँडो निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्राविधिक पक्षबाट समेत गुणस्तर कायम गर्दै निर्धारित मापदण्डअनुसार काम अघि बढाइने जनाइएको छ। भेरेखोलादेखि सैनेखोलासम्मको सडक निर्माण सम्पन्न भएपछि बिशेष गरि नरहरिनाथ गाउँपालिका वडा नं ४ र ५ का स्थानीयलाई यातायात, सेवासुविधा, व्यापार र समग्र विकासमा उल्लेखनीय सहजता पुग्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले लामो समयदेखि उठाउँदै आएको माग पूरा हुने विश्वाससमेत व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS