कमल बिष्ट ।
१८ पुस २०८२, कालिकोट।
२०७८ साल चैत १ गतेदेखि नरहरिनाथ गाउँपालिकामा रहेर स्थानीय तहसँग सकारात्मक समन्वय र साझेदारी गर्दै आएको सहास नेपालद्वारा सञ्चालित पाइला परियोजनाको “फेरि भेटौला” कार्यक्रम आज सम्पन्न भएको छ।

नरहरिनाथ गाउँपालिका वडा नं. ३ मा आयोजना गरिएको उक्त कार्यक्रम वडा अध्यक्ष कटक बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा परियोजनाले विगत अवधिमा गरेका गतिविधि, उपलब्धि तथा स्थानीय समुदायसँगको सहकार्यबारे समीक्षा गरिएको थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय, समुदायका अगुवा तथा परियोजनासँग प्रत्यक्ष रूपमा जोडिएका सहभागीहरूको उपस्थिति रहेको थियो।

अध्यक्ष बुढाले सहास नेपाल र पाइला परियोजनाले समुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा व्यक्त गर्दै अन्त्यमा आपसी सहकार्य र सम्झनाका साथ ‘फेरि भेटौला’ भन्ने सन्देश दिँदै कार्यक्रम समापन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS