कमल कोपिला ।
१८ पुस २०८२, कालिकोट ।
नरहरिनाथ गाउँपालिका–८, लालुका जोरासिंह बिष्ट भारतमा मजदुरी गर्दै परिवारको गुजारा चलाउँदै आउनुहुन्थ्यो। तर यही पुस १५ गते भारतमै प्रेसरका कारण अकस्मात् निधन भएपछि उहाँको परिवार गहिरो संकटमा परेको छ।

भारतको डेरादुनमा पल्लेदारी काम गर्दै आएका बिष्ट प्रेसर रोगबाट पीडित थिए। उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उहाँको ज्यान गएको हो। उहाँको निधनसँगै परिवारको एक मात्र आम्दानीको स्रोत पनि समाप्त भएको छ।

मृतक बिष्टका १४ वर्षका एक छोरा र ५ वर्षकी एक छोरी छन्। उनकी श्रीमती प्रिमा बिष्ट छातीसम्बन्धी दीर्घ रोगबाट ग्रसित छिन् र नियमित औषधोपचार आवश्यक पर्छ। परिवारको सम्पूर्ण खर्च बिष्टले भारतमा कमाउने मजदुरीमै निर्भर थियो।

अहिले परिवारलाई दैनिक जीवन चलाउन मात्र होइन, किरियाखर्च जुटाउनसमेत गाह्रो भएको छ। जग्गाजमिन केही छैन, ओत लाग्ने यही एउटा कच्ची घर मात्र सहारा बनेको छ। मृतककी श्रीमती प्रिमा बिष्ट भन्छिन्, “अब कसको मुख हेरेर बस्ने ? परिवार पाल्ने मुख्य आधार नै गुम्यो। यी नाबालक छोराछोरीलाई कसरी हुर्काउने भन्ने चिन्ताले रातदिन सताइरहेको छ।”

बिष्ट परिवारको दयनीय अवस्थालाई देखेर स्थानीयवासीहरूले सहयोगको अपिल गरेका छन्। मृतकका गाउँले रोहनकुमार बिष्टले आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा पुगेको परिवारलाई उद्धार गर्न सबै सहयोगी मनहरूलाई आग्रह गर्नुभएको छ।

उहाँले मृतकको किरिया खर्च, बालबालिकाको शिक्षा, श्रीमतीको उपचार तथा दैनिक घरखर्चका लागि तत्काल सहयोग आवश्यक रहेको उल्लेख गर्दै मानवीय सहयोगका लागि सबैलाई अपिल गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS