कमल कोपिला
३ माघ २०८२ कालिकोट ।
सुदूर तथा पश्चिमेली मौलिक देउडा संगीतको पहिचान बोकेको नयाँ गीत ‘क्या राम्रो लालुको सेरो’ सार्वजनिक गरिएको छ।
सो नयाँ देउडा गीतमा धर्मराज न्यौपाने ‘शिशिर’ र गौरी भट्टको सशक्त स्वर रहेको छ। गीतले देउडा संस्कृतिको मिठास, स्थानीय जीवनशैली र भावनालाई सरल तथा आकर्षक शैलीमा प्रस्तुत गरेको छ।

गीतका शब्द तथा संगीत रत्नकमल बिष्टले तयार पारेका हुन् भने एरेञ्ज/मिक्सिङ विजय थापाले गरेका छन्। बिशेष डिजिटल स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा कलाकारका रूपमा रत्नकमल बिष्ट र आरती बुढा देखिएका छन्।
गीतको छायांकन तथा सम्पादन राजेश कुमारले गरेका हुन् भने निर्देशन संगिता बटाला बिष्टले गरेकी छन्। मौलिकता र सांस्कृतिक सुगन्धले भरिएको ‘क्या राम्रो लालुको सेरो’ ले देउडा संगीतप्रेमी दर्शक श्रोतामाझ राम्रो चर्चा पाउने अपेक्षा गरिएको छ।
भिडियो लिंक : https://youtu.be/3iNS2xd6o2Y?si=WKeT9gTr02o6O2qR
च्यानल लिंक : https://youtube.com/@ratnakamalbista?si=mUwHCDVSfCcAtTmh


