कमल कोपिला
६ माघ २०८२ कालिकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभाका लागि प्रकाश न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्। उनले भर्खरै कालिकोट निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।
न्यौपाने लामो समयदेखि समाजसेवामा सक्रिय व्यक्तिका रूपमा परिचित छन्। कला, भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमार्फत समाज परिवर्तनका लागि निरन्तर योगदान दिँदै आएका उनी स्थानीय स्तरमा लोकप्रिय मानिन्छन्। सामाजिक न्याय, सुशासन र नागरिक सहभागितालाई प्राथमिकतामा राख्दै राजनीतिमा प्रवेश गरेको न्यौपानेको भनाइ छ।

उनको उम्मेदवारी दर्तासँगै कालिकोटको प्रतिनिधि सभा निर्वाचन थप रोचक बन्ने अपेक्षा गरिएको छ। स्थानीय बौद्धिक वर्ग, युवापुस्ता तथा समाजसेवी क्षेत्रबाट उनको उम्मेदवारीलाई सकारात्मक रूपमा हेरिएको छ।


