कमल कोपिला
१५ चैत २०८२ कालिकोट । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा) को आयोजनामा कृषक पोषण पाठशाला कार्यक्रम अन्तर्गत पहिलो तयारी बैठक आज नरहरिनाथ गाउँपालिकामा सम्पन्न भएको छ।

विश्व खाद्य कार्यक्रम (WFP) र GAFSP को प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरू, सुनौला हजार दिनका महिला, निम्न आय भएका तथा सिमान्तकृत समुदायको सहभागिता रहेको थियो।

पालिका भर लागू गरिएको यस कार्यक्रम अन्तर्गत वडा नं. १ देखि ४ सम्म पहिलो तयारी बैठक सम्पन्न गरिएको नाफा आयोजनाका सामाजिक परिचालक उमेश विश्वकर्माले जानकारी दिनुभयो। उहाँको अनुसार, नरहरिनाथ गाउँपालिकामा कार्यक्रम कार्यान्वयनका लागि चार वटा क्लस्टर निर्धारण गरिएको छ। जस अनुसार वडा नं. २ डाँडाखला, वडा नं. ५ रुप्सा, वडा नं. ६ शेरापाटा र वडा नं. ८ ठाटिकोटमा क्लस्टर राखिएको छ।

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको कृषक समूह, कृषि सहकारी तथा कृषि उद्यमीहरूका लागि अनुदान व्यवस्थापन कार्यविधि २०८१ मन्त्रीस्तरबाट संशोधन भएपछि सोही संशोधित कार्यविधि अनुसार कार्यक्रम सञ्चालन गरिएको हो।

स्थानीय समन्वय समितिका अध्यक्ष कमल कुमार शाहको अध्यक्षतामा सम्पन्न उक्त बैठकले आगामी कार्यक्रम कार्यान्वयनका लागि महत्वपूर्ण आधार तयार गरेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS