शनिबार, पौष २३, २०७९ कालिकोट । जिल्लाको शान्नित्रीवेणि गाउँपालिकाका गाउँमा उत्पादन गरिएको मदिरा नस्ट गरिएको छ। प्रहरी चौकि मेहलमुडिमा भर्खरै मात्र गएका प्रहरी सहायक निरिक्षक तिलक बहादुर डागिको नेतृत्वमा लोकल मदिरा नष्ट गरिएको बताईएको छ । सान्नी त्रिवेणि गाउँपालिकाको समन्वय र प्रहरी चौकि मेहलमुडिको आयोजनामा पालिकामा रहेका होटल पसलमा रहेको मदिरा नष्ट गर्न थालेको प्रहरी सहायक निरिक्षक डाँगीले बताउनु भयो ।
गाउँपालिकामा मदिरा सेवन गरि हो हल्ला बढेपछि डाँगी पुगेको पहिलो दिनबाट नै मदिरा नष्ट गर्न थाल्नु भएको हो । शनिबार मात्र सो पालिकामा रहेका होटलबाट १० लिटर लोकल मदिरा बरामत गरि जनप्रतिनिधि पत्रकार र स्थानियको रोहबरमा नष्ट गरिएको हो ।
शनिवार बिदाको दिन भएर होटल पसल बन्द रहेको अबस्थामा कमै मात्रामा मदिरा बरामत गरेको प्रहरी सहायक निरिक्षक डागिले जानकारी दिनु भयो । सान्नी त्रिवेणि गाउँपालिकाको शान्ति सुरक्षा अमन चयनका लागि आफु कानुनि रुपमा अगाडि बढ्ने र कोहि कसैको पनि प्रलोभनमा नपरि काम गर्ने पनि डाँगिले बताउनु भयो।