आईतवार‚ पौष २४‚ २०७९ कालिकोट।

जुम्लामा कागुनो माग बढ्दै गएको छ। कागुनोको उत्पादन कम भए पनि  माग बढेको कोसेली घर जुम्लाका सञ्चालक गोविन्द आचार्यले बताए। किसानले ल्याएको कागुनोको चामल क्षणभरमै बिक्री हुने गरेको उनको भनाइ छ। कागुनोको चामलको मागपूरा गर्न नसकिएको आचार्यले बताए। गत वर्ष आचार्यले ७ क्विन्टल कागुनोको चामल बेचेको जनाए। कागुनो जुम्ली किसानको रोजाइमा पर्न नसकेको आचार्यले तर्क गरे।  कर्णाली राजमार्ग हुँदै रारा घुम्न आउने पर्यटकले कागुनोको चामल खोजीखोजी लिनेगरेको उनको भनाइ छ। विदेशी पर्यटकले समेत कागुनोको चामल लैजाने गरेको चन्दननान बहुद्देश्यीय सहकारी संस्थाका प्रबन्धक ऋषिराम पाण्डेले बताए।  कागुनो कुट्ने मेसिन उपलब्ध नहुँदा किसानले खेतीसमेत गर्दैनन्। जसकारण बाहिर जिल्लाबाट आउने कागुनो चामलको माग धान्न सकिएको छैन।

बुढापाका अनुसार कागुनो जुम्लाको रैथानेबालीभित्र पर्छ । मलखाद्य नहालिकन खेती गर्दा पनि भरपर्दो उत्पादन दिन सक्ने बाली हो । कागुनो रुखो, सिञ्चाइ सुविधा नभएको जग्गामा लगाउन मिल्छ । कागुनोको भात, यसलाई पिसेर पिठो बनाइ रोटी तथा ढिँडो बनाई खान मिल्छ । विज्ञहरूका अनुसार कागुनो समुद्री सहतदेखि २ हजार मिटरमाथिको उचाइसम्म उत्पादन गर्न सकिन्छ ।

उन्नत जातको कागुनोको विकास गर्न स्थानीय कागुनोका जातहरु संकलन गरी उत्कृष्ट जातको पहिचान गर्न अनुसन्धान भइरहेको कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले जनाएको छ । कागुनो प्रायः फागुनमा मकैसँगै छरिने र छिटो पाक्ने अन्न हो । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीका अनुसार जुम्लामा १५ हेक्टरमा कागुनो खेती गरिएको छ। वार्षिक १५ मेट्रिकटन कागुनोको दाना उत्पादन हुन्छ । प्रशोधन गर्दा ८ मेट्रिकटन जति चामल निस्कन्छ ।

जुम्लामा कोदो, चिनो र मकै खेतीसँगै मिसाएर कागुन खेती गरिन्छ ।यता जुम्लाको चन्दननाथ नगरपालिका ८ तलिउमकी छिता बोहोरा १० किलो कागुनोको चामल सदरमुकाममा खोलिएको कोसेली घरले सजिलै बेचेको बताइन्। उनले प्रतिकिलो १ सय ६० रुपैयाँमा कागुनोको चामल बेचेर एक हजार ६ सय रुपैयाँ बुझेको जनाइन्।अब उनले आगामी दिनमा कागुनोको व्यवसायिक खेती गर्ने योजना बनाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS