धुर्व प्रसाद गजुरेल
मंगलबार, माघ ३, २०७९ कालिकोट।
![](http://localhost/recentnews/wp-content/uploads/2020/06/GET-YOUR-SITE-LIVE-1.png)
यो माघ बाघसरिको, किन हुन्छ यस्तो
भूकम्पको डर हुँदा , कमजोर जस्तो
साँच्चै छ त्रास अहिले, पनि यो धरामा
भूकम्पले त्रसित छन्, जन यो पलामा ।
भूकम्पको दिवस यो, मनमा बसेको
कालो छ माघ महिना, छ दुई गतेको
धेरै मरे मनुज ध्वस्त भए पँधेरो
कालो भयो दिन सबै,अति भो अँधेरो ।
धेरै मरे मुलुकमा, घरले थिचेर
बच्चा अनाथ बनिए, ममता छिनेर
सम्झेर आज मनले, कविता बनाएँ
भूकम्पको दिवसमा, यति लेख्न भ्याएँ ।
वैशाख बाह्र मनमा, छ सधैँ बसेको
धेरै मरे भुवनमा, छु अझै बचेको
ढल्दै गयो धरहरा, मन यो रुवायो
चल्दै गएर अभियान पुरा उठायो ।
वैशाख, माघ महिना, अब आउँदामा
सोच्दै छु आज मनले, दुख पाउँदामा
भूकम्पमा जति मरे, सब साथमा यो
श्रद्धाञ्जली छ जनमा, समवेदना यो ।
तारकेश्वर नगरपालिका ३, काठमाडौं, नेपाल।