बुधवार‚ माघ ६‚ २०७९ कालिकोट।

जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं २ स्थित ढोगन्ना टोल स्थायी घरभएकि धनसरा दमाई वेपत्ता भएकि छन।

पौष १८ गते राति ९ बजे वेपत्ता भएकि अन्दाजि ३५ वर्षकि धनसराको खाडाचक्र नगरपालिका वडा नं ११ बदालकोट माईति घर हो। धनसरा विवाह गरेपछि फेरि माईतिघर कहिल्यै गएकि छैनन।  श्रीमानले अर्को विवाह गरेको भन्ने सुनेर सहन नसकि मानसिकरुपमा बिरामि भएर भागेकि स्थानिय बताउँछन।

श्रीमान भिम बहादुर दमाई भने हाल भारतको मुम्बईमा रहेका छन। अहिले सन्तानको बिचल्ली भएको छ। उनि भागेको केहिदिनपछि नरहरिनाथको वडा नं १ र २ का केहि स्थानमा अन्यले भेटाएपनि त्यसपछि कुनै ठाउँमा पनि भेटीएकि छैनन।

छरछिमेक प्रहरि र माईतिद्वारा अहिले खोजि कार्य जारि रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
5
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS