शनिवार‚ माघ ७‚ २०७९ कालिकोट।
कमल कोपिला कालिकोट।
जिल्लाको नरहरिनाथ गाउँपालिकाको १२ औ गाउँसभा (हिउँदे अधिवेशन) शनिवार उद्घाटन भएको छ।
“शिक्षा‚ स्वास्थ्य‚ कृषि‚ पर्यटन र पुर्वाधार‚ नरहरिनाथको विकास र समृद्धिको आधार” भन्ने मुख्य नारा सहित एक कार्यक्रमका बिच गाउँपालिकाको सभाहलमा उद्घाटन भएको हो।
गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट र उपाध्यक्ष कमल कुमार शाहद्वारा सभाको दिप प्रज्वलन गर्दै उद्घाटन गरिएको नरहरिनाथ सरकारका प्रवक्ता प्रदिप बोहोराले जानकारि दिनुभयो।
उहाँका अनुसार‚ “उद्घाटन समारोहमा अध्यक्ष बिष्टले हालसम्मको प्रगति माथि समिक्षा गर्नुभएको थियो भने गाउँ कार्यपालिकाबाट हालसम्म भएका निर्णयहरुमाथि छलफल प्रवक्ता बोहोराले गर्नुभएको हो। त्यस्तै विधायन समितिका संयोजक खाम्म बहादुर बटालाले १४ वटा कार्यविधि प्रस्तुत गर्नुभएको र बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष शाहले आर्थिक वर्ष २०७९/८० को समिक्षा तथा केहि बजेट शिर्षकहरुमा संशोधन सम्बन्धि प्रस्ताव पेश गर्नुभएको बताउनुभयो।”
विधायन समितिका संयोजक बटालाले‚ नरहरिनाथ प्रशासकिय विधेयक‐२०७९‚ भुमि सम्बन्धि विधेयक‐२०७९‚ वन सम्बन्धि विधेयक‐२०७९‚ स्थानिय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण विधेयक‐२०७९‚ कृषि व्यवसाय प्रवर्धन ऐन‐२०७९‚ अस्पताल संचालन तथा व्यवस्थापन कार्यविधि ‐२०७९‚ मेलमिलाप केन्द्र संचालनसम्बन्धि कार्यविधि‐२०७९‚ छात्रवृत्ती कार्यविधि कार्यविधि‐२०७९‚ एम्बुलेन्स संचालन तथा व्यवस्थापन कार्यविधि‐२०७९‚ हेभि ईक्विप्मेन्ट संचालन तथा व्यवस्थापन कार्यविधि‐२०७९‚ सुचना तथा प्रविधि केन्द्र स्थापना सम्बन्धि कार्यविधि‐२०७९‚ भवन निर्माण तथा घरनक्सा नियमन कार्यविधि‐२०७९‚ साझेदारि कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि‐२०७९ र खानेपानि तथा सरसफाई व्यवस्थापन कार्यविधि‐२०७९‚ पेश गर्नुभएको हो।
शनिवार उद्घाटन भएको गाउँसभाको समापन आईतवार सुनथरालि विमानस्थलमा हुने भएको छ। सभाको संञ्चालन प्रमुख प्रशासकिय अधिकृत भलाराम पंगालिले गर्नुभएको थियो भने सम्पुर्ण जनप्रतिनिधी‚ कर्मचारी र गैरसरकारि संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
नरहरिनाथ गाउँपालिकाको १२ औ गाउँसभा (हिउँदे अधिवेशन) तस्विरमाः
[गाउँपालिकाका अध्यक्ष: नगेन्द्र बहादुर बिष्ट]
[तस्बिरमा क्रमश प्रमुख प्रशासकिय अधिकृत भलाराम पंगालि गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट र उपाध्यक्ष कमल कुमार शाह]
[गाउँपालिका अध्यक्षः नगेन्द्र बहादुर बिष्ट]
[गाउँपालिकाका उपाध्यक्षः कमल कुमार शाह]
[सभाका संञ्चालक तथा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतः भलाराम पंगालि]
[नरहरिनाथ सरकारका प्रवक्ता तथा नरहरिनाथ गाउँपालिका वडा नं ९ का वडाध्यक्षः प्रदिप बोहोरा]
तस्विरः प्रदिप बोहोरा