शनिवार १४ माघ २०७९ कालिकोट।

कमल कोपिला कालिकोट।

बीबीसी । चीनको उत्तरी क्षेत्रको सान्सी प्राप्तमा आजकल कफिन बनाउनेहरु निकै व्यस्त छन् । कालिगढहरु आला काठ काटिरहेका छन् । पछिल्लो केही महिनादेखि फुर्सद नपाएको उनीहरु बताउँछन् ।

 

चीनमा कोभिड–१९ महामारीका कारण मानिसहरुको ज्यान जाने क्रम रोकिएको छैन । यहाँ कोभिड–१९ महामारीका कारण ज्यान गुमाउनेको संख्या कति हो भन्ने प्रश्न पनि सँगसँगै छ । चीनले डिसेम्बरमा आफ्नो शून्य कोभिड नीति अन्त्य गर्दै प्रतिबन्धलाई निकै खुकुलो बनाएको थियो । त्यहाँका महामारी विशेषज्ञ वु जुनयुका अनुसार कोभिड–९ रोकथाम तथा नियन्त्रणका लागि लगाएका प्रतिबन्धहरु गत डिसेम्बरमा हटाएपछि एक अर्बभन्दा बढी जनसंख्या रहेको चीनका ८० प्रतिशत मानिस संक्रमित भएका छन् । पछिल्लो साता मात्र कोभिड–१९ का कारण १३ हजार जनाको मृत्यु भएको थियो । डिसेम्बरमा देशभरमा ६० हजार जनाले ज्यान गुमाएका थिए । तर यो संख्या अस्पतालमा मृत्यु भएकाहरुको मात्र हो । चीनका ग्रामीण भेगमा अस्पतालको कमी छ र त्यहाँ कोभिड–१९ महामारीका कारण कसैको मृत्यु भएमा सरकारी तथ्यांकमा गणना नहुन सक्छ । गाउँमा मृत्यु भएकाहरुको संख्या अनुमान गर्न सकिने पनि छैन । सिन्झाउ क्षेत्रको यात्राका क्रममा शोकमा रहेका तथा सेतो कपडा लगाएकाहरु कफिन बोकिरहेको देखिन्थे । एक गाउँमा एक पुरुष र महिला ट्रकमा टिस्यू पेपरबाट बनेको विशाल चरा राख्दै थिए । महिलाले भनिन् ‘यो सारस हो, त्यो संसार छाडेपछि सारसमा सवारी गर्नुपर्छ ।’ उनका अनुसार कफिनसँग राखिने सजावटका सामानको माग बढ्दो छ । सान्सीको यो इलाकामा अन्तिम संस्कारसँग जोडिएको कारोबारमा संलग्न जति मानिसलाई भेट्यौं, उनीहरु सबैले मृतकको संख्या धेरै भएको सुनाए । त्यो ट्रकलाई पछ्याउने क्रममा एउटा गाउँमा पुग्यौं, जहाँ स्थानीय वाङ पिवी भेटिए । उनको भाउजुको हालै मृत्यु भएको छ । दुई सन्तानकी आमा रहेकी उनकी ५० वर्षीया भाउजुलाई मधुमेहको समस्या थियो । उनलाई कोभिड–१९ पनि संक्रमण भयो । उनको घरमा शव यात्राका क्रममा प्रयोग हुने सरसामान थिए । पिवीले सुनाए अनुसार १६ जनाले कफिन लिएर जाने छन् र अन्तिम संस्कार गर्नेछन् । उनले भने, ‘कोभिड संक्रमणका कारण धेरै मानिसको मृत्यु हुँदा अन्तिम संस्कारमा लाग्ने खर्च बढेको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS