शनिवार १४ माघ २०७९ कालिकोट।

कमल कोपिला कालिकोट।

धनुषामा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर–७ का २८ वर्षीय रोशन महतो रहेका मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले मिथिला नगरपालिका–२ नकटाझिझ चोकबाट उनलाई पक्राउ गरेकाे हाे ।  महतोलाई चेकजाँच गर्दा माउजर पेस्तोल ‍एक थान, गोली दुई राउण्ड लोड गरिएको र एक थान म्याग्जीन बरामद गरिएकाे प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो ।

पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS