शुक्रवार २० माघ २०७९ कालिकोट।

कमल कोपिला कालिकोट।

राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारबाट नबाहिरिने भएको छ । आज बसेको केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो । बैठक झन्डै चार घन्टासम्म चलेको थियो।

आजको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन्देश पठाएर सहमतिका लागि दुई दिनको समय मागेकाले दुई दिन कुर्ने निर्णय भएको ढकालले बताउनुभयो ।

सर्वोच्च अदालतले माघ १३ गते उपप्रधान एवम् गृह मन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि मन्त्री तथा सांसद र पार्टी सभापति पद गुमेको थियो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा लामिछाने पुस ११ गते उपप्रधान एवम् गृह मन्त्री बन्नुभएको थियो । यही माघ १५ गते काठमाण्डौ  जिल्ला प्रशासन कार्यालयबाट कानुन बमोजिम सभापति लामिछानेले पुनः नागरिकता लिइ सक्नुभएको छ ।

रास्वपाबाट अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की हुनुहुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS