आईतवार २२ माघ २०७९ कालिकोट।

कमल कोपिला कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिकामा नेपालि काँग्रेस निकट शिक्षक संगठन नेपाल शिक्षक संघ नरहरिनाथको दोस्रो अधिबेशन शनिवार सम्पन्न भएको छ।

नेपाल शिक्षक संघ नरहरिनाथ गाउँपालिका अध्यक्ष मान बहादुर शाहीको अध्यक्षतामा र नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य एवम् भातृसंघ समन्वय विभाग कर्णाली प्रदेश उपप्रमुख सबिन कुमार बिष्टको प्रमुख आतिथ्यतामा, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य उमेश बिष्टको बिषेश आतिथ्यतामा र शिक्षक संघ कालिकोटका सचीव बुद्धिसिंह बिष्ट, शिक्षक संघ कालिकोट जिल्ला सदस्य शेर बहादुर बिष्ट लगायत नेता तथा शिक्षकहरुको बृहत उपस्थितिमा सो अधिवेशन सम्पन्न भएको हो।

शनिवार सम्पन्न भएको उक्त अधिवेशनले नरहरिनाथ गाउँपालिकामा नयाँ कार्यसमिति पनि चयन गरेको छ।

मिन बहादुर बटाला अध्यक्ष रहनेगरि २१ सदस्य कार्यसमिति चयन गरिएको बताईएको छ।जसमा उपाध्यक्ष शुभ राज बिष्ट, सचीव पुर्ण बहादुर बिष्ट र कोषाध्यक्ष मान बहादुर बटाला रहनुभएको नवगठित कार्यसमितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS