मंगलवार २४ फाल्गुण २०७९ ।
कमल कोपिला कालिकोट। केहि वर्ष अगाडिका दिनहरुमा नरहरिनाथ गाउँपालिकामा एम्बुलेन्स नहुदा बिरामिलाई काठमा बाधेर बोकेर लैजादै गरेका तस्विरहरु सामाजिक सञ्जालमा भाईरल हुन्थे । कतिपय बिरामिले त अकालमै ज्यान पनि गुमाउनु परेको खबरहरु सुन्न पर्थ्यो। तर अब नरहरिनाथ गाउँपालिकाका नागरिकहरुमा त्यस्तो नहोला कि भन्ने विश्वास जागेको छ।

![]()
नेपाल रेडक्रस सोसाईटि उप-शाखा नरहरिनाथ र गाउँपालिकाको बिशेष पहलमा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । नेपाल रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रले नरहरिनाथ गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको हो।

नरहरिनाथ गाउँपालिका र नेपाल रेडक्रस उपशाखा नरहरिनाथले साझेदारिमा एम्बुलेन्स सञ्चालन गर्न लागेको नेपाल रेडक्रस कालिकोट जिल्ला शाखाका मन्त्रि तपेन्द्र महताराले जानकारी दिनुभएको छ।
![]()
गाउँपालिकामा एम्बुलेन्स अति आवश्यक रहेका बेला रेडक्रसले एम्बुलेन्स दिएकोले आफ्ना नागरिकले अकालमै ज्यान गुमाउनबाट बञ्चित हुने र बिरामीले एम्बुलेन्स सेवा पाउने भएकोले आफु निकै खुशि भएको गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले बताउनुभएको छ। साथै एम्बुलेन्स सञ्चालनका लागि सञ्चालक समिति गठन गर्ने र बिरामीलाई सहुलियत दरमा भाडादर कायम गरिने पनि बताउनुभयो ।

नेपाल रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रद्वारा कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका र नरहरिनाथ उपशाखाले संचालन गर्ने गरि IFRC का महासचिव जगन्नाथ चापागाईले आज नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिस्ट र रेडक्रस उपशाखा नरहरिनाथका सभापति राम बहादुर बटालालाई साबिक कर्णालीकै पहिलो “ख” श्रेणीको एम्बुलेन्स हस्तान्तरण गर्नुभएको मन्त्रि महताराले बताउनुभयो।


