कमल कोपिला

रेडियोको इतिहास खोज्दै जाँदा जर्मन वैज्ञानिक हेनरिक हटसम्म पुगिन्छ । जसले सन् १८८६ मा रेडियो तरंग (धबखभक) पत्ता लगाएका थिए । तर, यसको निर्माण र प्रसारणको श्रेय भने इटालियन वैज्ञानिक जी. मार्कोनीलाई दिइन्छ । उनले सन् १८९५–१८९९ मा ताररहित रेडियो बनाएका थिए । र यो विभिन्न चरणमा विकास हुँदै सन् १९२० मा औपचारिक रूपमै अमेरिकाको पिटर्सबर्ग, पेन्सिलभेनियाबाट प्रसारण भयो । तत्कालीन राष्ट्रपतिको चुनाव प्रचारप्रसारका लागि प्रयोग गरिएको उक्त रेडियोको प्रसारण भने नियमित थिएन । यद्यपि यसैलाई जनतामाझ व्यावसायिक रूपमा प्रयोग गरिएको पहिलो रेडियो मानिन्छ । जसले प्रथम विश्वयुद्ध (सन् १९१४) मा आम मानिसमाथि थोपरेको निराशा वा घाउहरूलाई पन्छाउन सूचना तथा मनोरञ्जनका माध्यमद्वारा महत्वपूर्ण भूमिका खेलेको थियो । तर, दोस्रो विश्वयुद्ध (सन् १९३९–१९४५)मा त्यही रेडियोलाई युद्ध उन्मादी शासकहरूले कसरी र कुन रूपमा प्रयोग गरे ? आकलन गर्न सकिन्छ । यसरी पहिलोपल्ट विश्व इतिहासमा रेडियो प्रसारण भएको मितिदेखि लगभग ३० वर्षपछि वि.सं. २००७ चैत २० गते हाम्रो देशमा पनि रेडियो नेपालको स्थापना भयो । जसको श्रेय ००७ सालको परिवर्तन वा क्रान्तिलाई जान्छ । उक्त क्रान्तिताकै मुक्ति सेनाका कमान्डरहरुले जिल्लाको सदरमुकाम र २०५८/०५९ मा जङ्गलबाट रेडियोको प्रसारण प्रारम्भ भएको हो भनेर दाबी गर्ने पनि छन् । तर ग्रामिण ईलाकामा भने ‘होइन, यो त नैनिताल र बम्बै गएर घर फर्कि आउदा फिलिप्स रेडीयो ल्याएर गाउँमा रेडियो भएको हो’ भन्ने पनि छन् । तर, आधिकारिक रूपमा चाहिँ सिंहदरबारमा स्थापित अहिलेको रेडियो नेपाललाई नै मान्नुपर्ने हुन्छ । जसको संस्थापक तारिणीप्रसाद कोइराला थिए । रेडियो स्थापना हुनु र रेडियो सुन्ने संस्कृति निर्माण हुनु दुई फरक अवस्था हुन् । ००७ सालबाट रेडियो प्रसारण हुन थाले पनि त्यसलाई सुन्ने संस्कृतिको निर्माण हुन त समय लाग्ने नै भयो । पहिलो कुरा त रेडियो के हो, यो सुनेर के हुन्छ वा जनतासित रेडियो खरिद गर्ने हैसियत पनि हुनुपर्‍यो । तसर्थ सहजै अनुमान गर्न सकिन्छ कि त्यसवेला काठमाडौंका सीमित कुलीन दरबारिया शासक वर्गले नै पहिले रेडियो सुने । र यो बिस्तारै जनताको पहुँचमा पुग्यो ।

मेरो गाउँ मध्य नेपालको पश्चिम कालिकोटको कुमालगाउँमा चाहिँ रेडियो सुन्ने संस्कृति कसले निर्माण गर्‍यो त ? निसन्देहः भन्न सकिन्छ– रोजगारिका लागि भारतमा गएर त्यो समयको दुःख भोगेर फर्केका वा त्यसपछिका नैतितालेहरुले नै निर्माण गरे । किनभने त्यसवेला रेडियोप्रतिको चेतना र पहुँच नै उनीहरूको थियो । विज्ञान र प्रविधिको विश्व चेतनालाई सुदूर गाउँसम्म पुर्‍याउने भरपर्दो संवाहक नै त्यतिवेला बम्बैवाला कि नैनितालेहरु भए । तर, मेरोे गाउँमा पुगेको पहिलो रेडियोको कथा भने अर्कै छ । पहिलो पटक हाम्रा गाउँबाट नैनिताल गएका काकाहरुको समुहले एउटा रेडियो १०० भारुमा किनेर घर फर्किदा ल्याएछन।

महेन्द्रनगरसम्म आउँदा रेडियोमा रहने एरिअल गाडिमा भाचिँन पुगेछ। त्यहाँबाट घरसम्म पुगुञ्जेल रेडियो सुन्दै आएछन। बाटोमा रेडियोको ब्याट्रि सकिन पुगेछ। चिसापानि आईपुग्दा त्यहाँको एउटा होटलमा त्यस्तै फिलिप्स रेडियो बजिरहेको देखेछन। ब्याट्रि सकिएको रेडियो बन्द भएपछि अक्क न बक्क भएका काकाहरुको दिमागमा एउटा आईडिया फुरेछ। त्यहि होटलवाला कहाँ गएर सोध्दा उसले आईडिया दिएको रहेछ। रेडियोको ब्याट्रि सकिदा घाममा तताउनुपर्छ र फेरि बज्छ। कि नयाँ ब्याट्रि फेर्नुपर्छ भनेर उस्ले भने पछि । एक जोडा नयाँ सेल पनि किनेछन। फेरि बजाउदै सुन्दै हिड्दै गर्दा एरिअल भाँचेको त्यो रेडियो कुनै एक जङ्गलमा पुग्दा सुनिन छोडेछ।

तत्पश्चात बाटोमा भेटिएका एक अपरिचित मान्छेलाई सोध्दा कुनै तारले बाधेर लामो एरिअल जस्तो बनाउदा सुनिने आईडीया बताएपछि गाउँमा पुगुञ्जेल त्यसरि नै सुन्ने गरेको त्यो गाउँको पहिलो फिलिप्स रेडियोको कथन रहेको छ। त्यसपछी सञ्चारमा चेतनास्तर भएका र बुद्दिजिविहरुले रेडियो किन्ने चलन बढ्यो।

तर फेरि तत्कालिन २०५८/५९ सालको माओवादिको शसस्त्र बिद्रोह र जनआन्दोलनमा प्रत्येक डाँडाकाडाहरुबाट प्रसारण गर्दै माओवादिले बजाएका मानिन्छ। त्यतिखेर खामा डाँडा चाल्ने महावुको डाडाहरुमा बोकेर रेडियो बजाईएको हो।

रेडियो बज्न थालेपनि रेडियो प्रति केहि अविश्वास पनि जागेका मेरा गाउँका किस्सा पनि रहेका छन।

रेडियोका रमाईला किस्सा त के छन भनेः धेरै पहिले ज्यामे कटुववा नामक एक वृद्धले सुरुमा रेडियो ल्याउदाखेरि रुप्सा गएका रहेछन। रुप्साबाट फर्किदा पर्ने कोल डाँडामा रेडियोमा धेरै राम्रो गित बजेछ। उनलाई त्यो गित सार्है राम्रो लागेछ। उनले सोचेछन ओहो यस्तो राम्रो गित त यहाँ नसुनौ अहिले सुनेर खेर नहालौ। तल गाउँमा गएपछि फेरि सुन्नुपर्ला भनेर रेडियो बन्द गरेछन। गाउँमा पुगेर रेडियो खोल्दा अर्कै बजिरहेको सुनेछन। अघि बजेको त्यो गित बजेनछ। त्यो गित नबज्दा रेडियो प्रति नै उनलाई अविश्वास जागेछ।

र अर्को किस्साः रेडियो बजाएर एकजना मान्छेले गोठमा भैसि दुहुन बसेछन । भैसि दुहुन खोज्दा भैसिलाई डिस्टब हुन्छ भनेर छब्क बन्द हो भनेछन। रेडियो तत्काल बन्द नहुदा रेडियो नै फुटाएको पनि गाउँमा एक प्रचलित किस्सा छ।

तर अहिले रेडियो समुचित प्रयोग भने हुन छाडेको छ। फेरि रेडियोको प्रयोग घटेको छ। आज प्रधानमन्त्रीले केबलकारबाट चन्द्रागिरि चढेको समाचार रेडियोहरुले सम्पादन गर्न नपाउँदै सामाजिक सञ्जालमा भरिसक्छ । यसो भन्दैमा रेडियोको सान्दर्भिकता सकिएकै हो भनेको होईन? अवश्य होइन । इतिहासमा यसले नेपाली जातिको वैशिष्ट्यलाई जसरी प्रसार गर्‍यो र नेपाली जातिको राष्ट्रिय संवेदनालाई जोड्न मद्दत पुर्‍यायो, त्यो अविस्मरणीय छ । त्यसरी नै यसले आजको समय, समाज, सभ्यता र मानिसको सुदूर आकांक्षालाई सम्बोधन गर्न छोडेन भने अथवा सधैँ शासकहरूको हतियार मात्रै होइन, जनताको आवाजलाई मुखरित गर्ने हतियार भयो भने गाउँको कुनै कुनामा कुनै नवयुवाले आफ्नो घरको भित्तामा झुण्ड्याईएको ध्यानस्थ रेडियोमा लागेको माकुरोको जालो पुछ्नेछ एरिअल भाँचिए पनि रेडियो सकेसम्म अर्को किन्ने छ । सोलार वा विधुतमा पलग घुसार्नेछ । किनभने सूचना र मनोरञ्जन नै आजको युगको पहिलो ज्ञान, शक्ति वा सत्ता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
0
+1
2
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS