सोमबार, वैशाख १८, २०८०।
पूर्णसिंह बम । कालिकोट । विकट कर्णाली त्यसैमा पिछडिएको जिल्ला कालिकोट हो । त्यसैमा पनि एक स्थानीय तह, शान्नीत्रीवेणी गाउँपालिका। दुर-दराजको वस्तीमा बस्ने जो-कोहीलाई शहर घुम्ने र रहर पूरा गरेर मनको इच्छा पूरा गर्ने मनसाय हुन्छ। त्यसैमा ७० वर्ष कटेका बुढापाकालाई त झनै कति खुलदुली हुँदो हो । यस्तै रहर पूरा गरिदिएका छन्, कर्णाली खेलकुद बिकास परिषद्का सदस्य सचीव बिश्वमित्र संज्यालले !
ऊनी आफैमा सहयोगी र मनकारि मान्छे हुन। पेशाले एक कुशल इन्जिनियर पनि । गाउँका आफ्नै बुढापाकाले शहर घुम्ने ईच्छा जगाएपछी सोही गाउँपालिका वडा नं. ६ सँग समन्वय गरि शहर घुमाउने रहर पूरा गरिदिएका छन।
उनले शहर घुमाउने रहर मात्र पूरा गरिदिएका होइनन्, प्रत्येक बुढा बा’मालाई स्वास्थ्य परिक्षणका लागी कर्णाली प्रदेश अस्पतालसँग समन्वय गरि स्वास्थ्य अवस्था समेत परिक्षण गराइदिएका हुन् । ४० जना वृद्धवृद्धाको टोलि शहर घुमाउने सामान्य कुरा होइन । कहाँ कालिकोट, कहाँ काठमाडौ ।
दुर दराजका वस्तीका मान्छेसँग न रहनसहन मिल्छ न खानपिन नै ! उसो त सहरका सडक पार गर्न नै चिन्ता ! कुन बत्ती बलेपछी बाटो काट्ने, कुन बत्ति बलेपछी रोकिने यही परिवेश सिक्नपनी समय लाग्छ गाउँका मान्छेलाई । त्यसैमा ट्राफिकको सिटि त झन बुझ्ने कुरै भएन । धन्न टिमको ब्यवस्थापन वडा अध्यक्ष नहकुल संज्याल र लोकेन्द्र शाहिले गरेका थिए । र त घुम्न र घुमाउन सहज भयो । जिवनको उत्तरार्द्धमा बुढापाकाको पशुपतिनाथको दर्शन गर्ने, घुम्ने ईच्छा हुन्छ, जुन पूरा भएको छ ।
धेरैले जावलाखेलका सबै प्रकारका जनावर,चराचुरुङ्गी, हात्ती, बाघ, गैंडा, सर्प, अजिङ्गर हेरेर मनोरञ्जन लिएका छन् । अझ त धरहरा देख्न पाएकोमा बुढापाका मख्खै भएका हुन। धेरैको चासो चिल्ला सडक र चिल्ला गाडीसँग गुनासो रह्यो । सायद कर्णाली राजमार्गको स्थिति सम्झेर होला । जिवनको यो समयमा काठमाडौ सहर घुम्न पाएकोमा बुढापाका असाध्यै खुसी र मोहित हुन। सहिद गेट देख्दा हाम्रो देशमा पनि यस्ता राम्रा गेट रैछन भनेर खुब प्रशंसा गरेका थिए । ठुला नेताले समय नदिएका कारण भने अलि मन अमिलो बनाए । तर सुखद र आरामदायी यात्रा भएकोमा निकै खुसी देखिन्थे।
कालिकोटदेखि काठमाडौँसम्मको सामरिक भ्रमण गर्न पाउँदा खुशी व्यक्त गरेका छन। जिवनको गोधुलिमा एक प्रकारको यस्तो भ्रमणले उनिहरुले जिवन शौखिन बनाएका छन।
तस्वीर : पूर्णसिंह बम