बुधबार, वैशाख २७, २०८० कालिकोट । महेश बटाला
सेडा नेपालद्वारा संचालित “बालबालिकाको सपना परियोजना” को सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ।
प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संचालित उक्त परियोजनाको आर्थिक वर्ष २०२२/०२३ अन्तर्गतको सामाजिक लेखापरिक्षण सम्पन्न भएको हो।
जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. १-३ र ६-९ मा लागु भएको उक्त परियोजनाद्वारा आर्थिक वर्ष भरी गरिएका काम र विभिन्न शिर्षकमा छुट्याईएको बजेट खर्च र परियोजना अनुसारको उपलब्धिका विषयमा बृहत् छलफल समेत भएको छ।
गत आर्थिक वर्षमा नरहरिनाथ गाउँपालिकाको लागि छुट्याईएको करिब ६६ लाख बराबरको बजेट मध्ये विभिन्न शिर्षकमा करिब ५९ लाख बराबरको बजेट परियोजना अनुसार खर्च भएको र बाँकी बजेट त्यही अनुसारले नै खर्च गरिने बताईएको छ।
सन २०१९ मा जुम्ला जिल्लाको कनकासुन्दरिमा स्थापना गरिएको सेडा नेपाल हाल हिमा गाउँपालिका र सिंजा गाउँपालिकामा बिस्तार भएको छ। त्यस्तै कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा पनि सन २०२१ साल देखि संचालनरत छ।
सेडाले स्थापनाकाल देखिनै सामाजिक तथा स्वास्थ्य सम्बन्धी महत्वपुर्ण कार्य गर्दै आईरहेको छ। विशेष गरि ३ वर्ष मुनिका बालबालिका र अभिभाबकमा केन्द्रित रहि बालबालिका हुर्काउनुमा बुवाको भुमिका, आमा समूह तथा पुरुष सत्र संचालन, सामुहिक संवाद, विभिन्न स्वास्थ्य संस्थासँगको सहकार्यमा बालबालिकाको स्वास्थ्यका लागि सकरात्मक पहल, राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका दिवस मनाउन स्थानिय सरकारसँगको समन्वय लगायतका महत्वपुर्ण कार्य गर्दै आईरहेको छ।
सोमवार परियोजनाको सामाजिक लेखा परिक्षणमा सेडा नेपाल जुम्लामा कार्यरत प्रेमसिंह ठकुरि, सेडा नेपाल कालिकोट शाखाका परियोजना संचालक मिना शाहि, सेडा नेपाल कालिकोट शाखा, नरहरिनाथका सामुदायिक सहजकर्ता भिम ब.दर्जि र गणेश आचार्यको उपस्थिती रहेको थियो।
त्यस्तै, गाउँकार्यपालिका सदस्य, वडा नं.९ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता प्रदिप बोहोरा, वडा नं.४ का वडाध्यक्ष नन्दराम सहकारी वडा नं १ का वडाध्यक्ष जगत ब. बिष्ट लगायत स्थानिय जनप्रतिनिधी र पत्रकारको सहभागिता रहेको थियो।
यो पनि पढ्नुस !
यस्तै प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा, नरहरिनाथ गाउँपालिकासँगको समन्वयमा र सेडा नेपालद्वारा संञ्चालित बालबालिकाको सपना परियोजनाले गठन गरेको प्रारम्भिक बालविकासको लागि पालिकास्तरिय समितिको पुर्ण ताजकिय बैठक आईतवार सम्पन्न भएको छ।
नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाहको अध्यक्षतामा बसेको बैठकले केही महत्त्वपूर्ण निर्णय गरेको छ।
सेडा नेपालद्वारा संचालित बालबालिकाको सपना परियोजनाले प्रारम्भिक बालविकासका लागि पालिकास्तरिय विभिन्न कार्यक्रमहरु सक्रियरुपमा कार्य गर्ने, प्रभावकारी कार्य गर्ने र अर्को बैठक आगामी जेष्ठको अन्तिम सातामा गर्ने लगायतका विभिन्न महत्त्वपूर्ण निर्णय गरेको हो।