२५ जेठ कालिकोट ।
जिल्लाको नरहरिनाथ गाउँपालिकामा गठित नागरिक कार्यसमूह ( CAG ) को बैठक बिहिवार सम्पन्न भएको छ।
![]()

नागरिक कार्यसमुह नरहरिनाथका अध्यक्ष गणेशमान बिश्वकर्माको अध्यक्षतामा र नरहरिनाथ गाउँपालिकाका प्रत्येक वडाबाट प्रतिनिधित्व हुनेगरी गठित विभिन्न संञ्जाल र क्लबका प्रतिनिधिहरुको आतिथ्यतामा सो बैठक सम्पन्न भएको हो।

उक्त बैठकमा केही महत्त्वपूर्ण निर्णयहरु भएका छ्न।
![]()
नागरिक कार्य समुहका सदस्य पदपूर्ति गर्ने, नागरिक कार्य समूह नरहरिनाथको बैठक नियमितरूपमा गर्ने, दलित, महिला युवाको शसक्तिकरण गर्ने, अर्थपूर्ण सहभागिता, अधिकारका लागि न्यायपुर्ण पहुँच बढाउन, दलित, महिला र युवाका समस्याका बारेमा पैरवी गर्न, समावेशी शासन र सामाजिक न्याय तथा लैँङ्गिक उत्तरदायी बन्न चुस्तदुरुस्तरुपमा लाग्ने लगायतका महत्त्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको हो।


