कमल कोपिला
१४ असार, कालिकोट ।
पछिल्लो समय सर्वाधिक प्रयोग र चर्चा हुने शब्दहरू मध्ये एक प्रमुख हो संवाद । संवादको उद्देश्य कुराकानी गर्नुमात्र होईन रहेछ, वास्तवमा व्यक्तिको सोच र सम्बन्ध खुल्दै वास्तविक स्वतन्त्रताको अनुभूति हुदो रहेछ। यसको प्रयोगले अहिले ग्रामिण ईलाकाका मानिसहरु निर्धक्क रुपमा बोल्ने भएका छन । विभिन्न क्रियाकलापमा अग्रसर छन।
जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं २ चौथिकोटकी अलस्ता दर्जी अहिले सहास नेपाल पाईला परियोजना अन्तर्गत संवाद केन्द्रकी एनिमेटर हुन। उनी भन्छिन्, “संवादका कारण अहिले बोल्न डराउने किशोरी दिदिबहिनीहरु निर्धक्करुपमा बोल्न सक्छन। आफ्नो परिचय समेत दिन लजाउने डराउनेहरु निर्धक्क बोल्छन। महिलालाई कुनै क्लब र समितिको कोसाध्यक्षमा मात्र सिमित राख्ने प्रचलनका विरुद्ध बोल्दै अध्यक्ष सम्म रहनका लागि दाबी गर्न सक्छन। विभिन्न सरोकारवालासँग सहजीकरण गर्न सक्छन। बालविवाह न्यूनीकरणका लागि पहल र र्याली, पढ्न जानू पर्छ भनेर भर्ना अभियान चलाउँछौ। हक अधिकारका लागि लड्न सक्छन।”
यस्तै किशोरी संवाद केन्द्र मार्फत सहास नेपाल पाईला परियोजनाले सरसफाइ सम्बन्धि योजना, डोको डस्टबिनको प्रयोग, छाउपडी प्रथाको अन्त्य सम्बन्धि र्याली गर्ने, बाल बगैचा निर्माण गर्ने, घरदैलो भर्ना अभियान र लैङ्गिक तथा जातिय विभेदका बारेमा बोल्न सक्ने भएको संवाद केन्द्रकि सदस्य अस्मिता बुढाले बताईन भने रामशोभा सहकारीले किशोरीका मुद्दालाई जोडदाररुपमा काम गरिरहेको बताईंन। आफू महिनावारी हुदा छाउगोठमा बसेको पीडा सुनाउदै भनिन्, “बाहिर सर्दा मानसिक रुपमा समेत समस्या आउने देखिएपछि आफुले सम्झाई बुझाई गरेर भित्रै बस्ने आँट गरे। आफू सक्षम भएकाले, बुझाउन सकेर उक्त समस्याबाट पिडित हुन सकिन।” उनले अहिले संवादका कारण घरपरिवारमा किशोरीप्रतिको व्यवहार परिवर्तन आएको बताईन।
संवादकेन्द्रका लागि भने सहयोगको अपेक्षा सहित स्थानीय सरकारसँग किशोरीहरुले विभिन्न माग पनि राख्दै आएकी छन। वडा नं ३ का वडाध्यक्ष कटक बहादुर बुढाले आफ्नो वडामा रहेका संवाद केन्द्रका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेका छन।
नरहरिनाथ गाउँपालिकामा मंगलबार सहास नेपाल पाईला परियोजनाको स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना (LDCRP) लाई स्थानीय सरकारको वार्षिक नीति तथा कार्यक्रममा मुल प्रवाहिकरणका लागि छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।
आगामी वर्षका लागि नीति तथा कार्यक्रममा विपद तथा जलवायु परिवर्तन सम्बन्धित कार्ययोजना के बन्यो ? प्रभावकारी बजेटको कार्यन्वयन कसरी गर्ने लगायत अन्य विषयमा संवाद गर्दै, नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिस्टको अध्यक्षतामा , उपाध्यक्ष कमल कुमार शाह र निमित्त प्रमुख प्रशासकीय अधिकृत निरक कुमार शाहको बिशेष आतिथ्यतामा, सम्पूर्ण गाउँ कार्यपालिका सदस्य, सम्पुर्ण वडाका वडाध्यक्ष, सम्पुर्ण शाखाका प्रमुख तथा प्रतिनिधि, ई.प्र.का. कुमालगाउँका ईन्चार्ज बिनोद बुढाको आतिथ्यतामा र कृषक समुहका प्रतिनिधि, संवाद केन्द्रका सहजकर्ता र सहास नेपाल पाईला परियोजना नरहरिनाथको सिँगो समुहको उपस्तिथिमा सो कार्यक्रम सम्पन्न भएको हो।
सो कार्यक्रममा सहासको आगामी कार्ययोजना र विगतमा भए गरेका कामहरुको प्रगतिविवरण प्रस्तुत गरिएको थियो भने सहभागी कृषक समुह र संवाद केन्द्रका सहजकर्ता तथा सदस्यले आफुले समुदायमा गरेका क्रियाकलापहरुको जानकारी गरेका थिए। सहासले विपद, जलवायु, समुदाय र किशोरीका मुद्दामा काम गर्दै आएको छ। विपद र जलवायु न्यूनीकरणका लागि वडाहरुमा प्रकोप नक्साङ्कन, प्रकोप पात्रो, मौसमी पात्रो, बाली पात्रो, ऐतिहासिक समय रेखा, लक्षित समूह छलफल, धरातलिय हिँडाई र प्रकोप पहिचान लगायत औजारहरुको पनि लागू गरेको छ। यस्तै, समुहहरुले जलवायु उत्थानशिल कार्ययोजना अन्तर्गत घरबगैँचा व्यवस्थापन, डालेघाँस र भुईघाँसको बिरुवा रोप्ने, भकारो सुधार, मुहानको संरक्षण, सिँचाई कुलो निर्माण, कृषि एपको प्रयोग र किशोरीहरुको क्षमता विकास लगायतका कुराहरु तयार गरेका छन।
उक्त अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै स्थानिय आपतकालीन कार्यसंञ्चालन केन्द्रका फोकल पर्शन राजेन्द्र शाहिले, मनोमानी ढंगले वन सम्बन्धित गलत क्रियाकलाप गर्ने, जथाभावी माछा मार्ने, आगालागी गर्ने, सरकारी वन कब्जा गर्ने कार्य बढेकाले यसको न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका थिए भने ईलाका प्रहरी कार्यालय कुमालगाउँका ईन्चार्ज अ.सई. विनोद बुढाले विपद सामाग्रीको संरक्षण गर्नुपर्ने बताए। यस्तै, आफू सक्षम भई अरुलाई बचाउनु धर्म पो ठूलो हो…
कर्म पो ठूलो हो…
चेतनाको बिउले नयाँ बोट उम्रन्छ।
सीप र सिर्जनाले हाम्रो सपना बदल्छ।
त्यसैले आजै देखि संवाद गरौ…
स्वावलम्बन भई जिवनलाई परिवर्तन गरौ…
संवाद गरौ… संवाद गरौ… संवाद गरौ…
भन्ने बोलको गित मार्फत सो अन्तरक्रियात्मक कार्यक्रमको उद्घाटन गरिएको थियो। उक्त गितबाट आफू निकै प्रभावित भएको भन्दै खुशी व्यक्त गर्दै कार्यक्रमका अध्यक्ष बिष्टले आफू सक्षम, कर्तव्यबोध उत्तरदायी बन्नुपर्नेमा जोड दिए। साथै विपद व्यवस्थापनका लागि सरकारले उपयुक्त बजेटको व्यवस्थापन गरेको पनि जानकारी दिए।
सहास नेपाल पाईला परियोजनाले नरहरिनाथमा विगत डेढ वर्ष देखि काम गर्दै आएको छ।
फोटो : बिसान थापा