कमल कोपिला
१५ असार, कालिकोट ।

आई. एफ. एफ. नेपाल कालिकोट जिल्ला शाखा अन्तर्गत नरहरिनाथ गाउँपालिकाको सार्वजनिक लेखा परिक्षण बुधबार सम्पन्न भएको छ।

आर्थिक वर्ष २०७९/०८० को वार्षिक आर्थिक नीति तथा कार्यक्रम एवम विनियोजित बजेटको विवरण अनुसार भए गरेका कामहरूको प्रगती विवरण र समिक्षा सहित नरहरिनाथ गाउँपालिकामा सम्पन्न भएको हो।

खानेपानी सरसफाई स्वच्छता तथा जिविकोपार्जनको माध्यमद्वारा महिला तथा किशोरीहरुको लागि सशक्तीकरण परियोजना संयोजक दल बहादुर बुढाको अध्यक्षतामा, नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाहको प्रमुख आतिथ्यतामा, गाउँपालिकाका निवर्तमान उपाध्यक्ष मनशोभा बुढा र निमित्त प्रमुख प्रशासकिय अधिकृत निरक कुमार शाहको बिशेष आतिथ्यतामा, गाउँकार्यपालिकाका सदस्य, सम्पूर्ण वडाका वडाध्यक्ष, सम्पुर्ण शाखाका प्रमुख तथा प्रतिनिधि, ईलाका प्रहरी कार्यालय कुमालगाउँका ईन्चार्ज अ.सई. बिनोद बुढा, स्वावलम्बन समुहका सदस्य तथा सहजकर्ता, टिम लिडर, पत्रकार लगायत अन्य सरोकारवालाहरुको आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो।

चुरुस्त, दुरुस्त, पारदर्शिता र सु:शासन, आर्थिक क्रियाकलापमा सबैको अनुशासन भन्ने मुख्य नारा सहित उक्त कार्यक्रम आर्थिक वर्ष २०७९/०८० को प्रगति विवरण परियोजना प्रमुख दल बहादुर बुढाले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संञ्चालन टिम लिडर नवीन बिश्वकर्माले र प्रस्तुतिकरण टिम लिडर रुप बहादुर शाहिले गर्नुभएको थियो। त्यस्तै सो कार्यक्रमको सहजीकरण रेडियो सुनथराली एफ एमका स्टेसन प्रवन्धक तथा कालिकोट खबर डटकमका अध्यक्ष कमल बहादुर बुढाले गर्नुभएको हो।

आई. एन. एफ. नेपालले आर्थिक वर्ष २०७९/०८० मा नरहरिनाथका लागि ५७ लाख २४ हजार ९ सय ४४ रुपैँया बजेट विनियोजित गरेको थियो। ५७ लाख ५४ हजार ४ सय ७९ रुपैया खर्च भएको हो भने २९ हजार ५ सय ३५ बढी खर्च भएको हो।

कार्यक्रममा सहभागी सबैले आ-आफ्नो ठाउँबाट सुझाव, सल्लाह र प्रश्न राखेका थिए। समग्रमा सरकारले पनि संस्थाबाट सिक्न पर्ने जरुरी रहेको बताईएको थियो। आगामी वर्षमा साझेदारी, समन्वय र सहयोगको तादम्यता मिल्न जरुरी रहेको औल्याईएको छ। पारदर्शी र सुशासन कायम गर्न यस्तो कार्यक्रम गर्न जरुरी रहेको बताईएको छ। छलफलका क्रममा नरहरिनाथ सरकारका प्रवक्ता प्रदिप बोहोराले संघ संस्था र सरकारले गरेका कार्यहरुको अपनत्त्व लिन जरुरी रहेको बताउनु भयो भने प्रमुख आतिथी शाहले नेतृत्व, निति, परिश्रम र समयलाई सहि ढंगले मिलाउन सकिएन भने नतिजा राम्रो नआउने भएकाले यिनिहरुमा ध्यान दिन आग्रह गर्नुभयो। साथै राम्रो कुरामा प्रतिस्पर्धा गर्दा मात्र विकास हुने कुरामा जोड दिनुभयो। त्यस्तै, कार्यक्रमका अध्यक्ष बुढाले सद्भाव र सहयोगमा परिवर्तन हुन जरुरी रहेको बताउनुभयो। साथै हालसम्म नरहरिनाथ गाउँपालिकामा सहकार्यका लागि सबै सरोकारवालालाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा राख्नु भयो।

आई. एन. एफ. नेपालले नरहरिनाथको ९ वटै वडाहरुमा ९० वटा समुह बनाएर केहि वर्ष देखि काम गर्दै आएको छ। कालिकोट जिल्लाका किशोरि र महिलाहरुको सशक्तीकरणमा योगदान पुर्याउन, सामुहिक कार्यका लागि एकजुट हुन, महिला तथा अपाङ्गता भएका व्यक्तिहरुलाई जलवायु परिवर्तन अनुकुल कृषि खेती गर्दै जिविकोपार्जन गर्न, स्वावलम्बन समूहद्वारा विधालयमा रहेका किशोर तथा किशोरीहरुलाई सुरक्षीत खानेपानीको प्रयोग गर्ने उद्देश्यले अहिले नरहरिनाथमा काम गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1.6k
+1
580
+1
117
+1
281
+1
3
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS