तोड प्रचण्ड तोड
आन्तरिक र बाह्य घेराबन्दी तोड
समाजवादी लक्ष्य नभूली
भ्रष्टाचारीलाई नछोड
किनभने
यो प्रचण्डका लागि अन्तिम मौका हो ।

बोल प्रचण्ड बोल
ठाँउ र मान्छे अनुसार नबोल
बरु
बनाउ आफ्नो बोलीको जग र बाटो
किनभने
यो तिम्रो अन्तिम अवसर हो ।

खोल प्रचण्ड खोल
भ्रष्टाचारका फाइल खोल
अनुहारको संसदीय मैलो पखाल
गरेको जस्तो अभिनय नगर
आफ्नो र अर्कोको नभनि
साच्चिकै देखिने काम गर
किनभने
यो तिम्रो लागि अन्तिम प्रहर हो ।

नडराउ प्रचण्ड नडराउ
जनयुद्धको प्रचण्ड रुप सम्झ
सहिद, बेपत्ता र घाइतेहरु सम्झ
ती क्रान्तिकारी महान जनता सम्झ
क्रान्तिका प्रतिबद्धताहरु सम्झ
अनि
समाजवादी लक्ष्य भेटाउन
समाजवादी शक्ति एकीकृत गर्न
सकेको योगदान गर्दै
सबैखाले चुनौतीको सामाना गर
किनभने
यो तिम्रो लागि अन्तिम मौका हो ।

भरत सी
स्थायी कमिटी सदस्य
नेपाल कम्युनिस्ट पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
580
+1
1k
+1
258
+1
1.5k
+1
2.5k
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS