धनगढी एफसीलाई हराउँदै झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) मा प्लेअफ सम्भावना कायमै राखेकाे छ ।

आज बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा झापाले धनगढीलाई २–० गाेलले हरायाे । पहिलाे हाफ गाेलरहित बराबरीमा सकिएकाे खेलमा झापाले दुवै गाेल दाेस्राे हाफमा गरे । झापाका कप्तान अञ्जन विष्टले खेलकाे ५३ र समिराज थाेकरले ७७ मिनेटमा गाेल गरे ।

याे जितसँगै झापा ७ खेलमा १० अङ्कसहित तालिकाकाे चाैथाे स्थानमा उक्लिएकाे छ । याे हारसँगै धनगढीकाे अपराजित यात्रा सकिएकाे छ । धनगढी ७ खेलमा १२ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ ।

अब धनगढीले अन्तिम खेलमा शुक्रवार शीर्ष स्थानको पोखरा थन्डर्ससँग खेल्ने छ । प्लेअफमा स्थान बनाउन धनगढीले कम्तीमा बराबरीको नतिजा निकाल्नु पर्नेछ । झापाले भने एफसी चितवनसँग खेल्ने छ । झापाले प्लेअफमा स्थान बनाउन खेल जित्नै पर्नेछ ।

यसअघि हिजाे मङ्गलवार भएकाे खेलमा बुटवल लुम्बिनी एफसीलाई हराउँदै पाेखरा थन्डर्स नेपाल सुपर लिगकाे प्लेअफमा पुगेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

About Author

तपाईको प्रतिक्रिया

RELATED POSTS